• १२ असोज २०८३, सोमबार
  • १०ः०५ बिहान

मेस्सीको सुन्दर गोलमा कोपा अमेरिकामा अर्जेन्टिनाले गर्‍यो बराबरी

प्रकाशित मिति

२०७८ असार १ गते, मंगलवार ०६:३२

काठमाडौँ :  डिएगो मोराटालाई विशेष सम्मान दिइएको कोपा अमेरिका अन्तर्गत भएको खेलमा अर्जेन्टिनाले चिलेसँग बराबरी खेलेको छ । नेपाली समय अनुसार मंगलबार बिहान भएको खेलमा अर्जेन्टिना र चिलेले १–१ को बराबरी खेलेका हुन् ।

National Life

ब्राजिलमा जारी प्रतियोगिता अन्तर्गत अर्जेन्टिनाले पहिलो खेलमा बराबरी खेलेको हो । ३३ औँ मिनेटमा लियोनल मेस्सीले फ्रि–किक मार्फत सुन्दर गोल गरे । ५७ औँ मिनेटमा चिलेका लागि एडुआर्डो भार्गासले हेड मार्फत गोल गरे । त्यसपछि चिलेले पेनाल्टी पाएको थियो । तर अटुरो भिडालले पेनाल्टीमा गोल गर्न सकेनन् ।


खेल सुरु हुनुअघि म्याराडोनाको सम्झनामा आतिवाजी गरिएको थियो । उनको गएको नोभेम्बरमा निधन भएको थियो । मेस्सीले अर्जेन्टिनाका लागि अहिलेसम्म ७३ गोल गरेका छन् । कोपा अमेरिकाको ४७ औँ संस्करण कोरोना भाइरसको महामारीका कारण एक वर्षपछि सरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया