• १३ असोज २०८३, मंगलबार
  • १२ः४४ दिउँसो

देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, सरकारविरुद्ध दृढ भएर उभिने संकल्प

प्रकाशित मिति

२०७८ असार १ गते, मंगलवार ०६:३५

काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । कोटेश्वरस्थित नेता नेपालको निवासमा सोमबार साँझ तीन नेताबीच भेटवार्ता भएको हो । भेटमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको नेता नेपालको सचिवालय स्रोतले जानकारी दिएको छ ।

National Life

यसैगरी संविधान र लोकतन्त्रको रक्षाका लागि भएको सहकार्य थप मजबुत बनाउने विषयमा छलफल भएको छ । प्रदेशदेखि संघसम्म नै गठबन्धनलाई निरन्तरता दिने र सरकारविरुद्ध दृढ भएर उभिने विषयमा समेत कुराकानी भएको स्रोतले जनाएको छ ।


भेटवार्ताका लागि कांग्रेस सभापति देउवा, महामन्त्री पूर्णबहादुर खड्कालाई लिएर नेता नेपालको निवास कोटेश्वर पुगेका थिए । देउवा पुगेको केही समयपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि नेपाल निवासमा पुगेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया