• ५ साउन २०८३, मंगलबार
  • ५:०३ बेलुका

भारतबाट हात्तीको बथान आउन थालेपछि त्रास बढ्यो

प्रकाशित मिति

२०७८ जेष्ठ २८ गते, शुक्रबार ०४:१७

रासस

झापा : आधा दशकपछि भारतबाट बाहुनडाँगीमा हात्तीको बथान आउन थालेको छ।सीमामा गरिएको विद्युतीय तारबार र सशस्त्र गस्तीका कारण तिनीहरू मेचीको बगरबाटै फर्किने गरेका छन्।

Kamana Sewa

मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण समिति बाहुनडाँगीका अध्यक्ष हरि उप्रेतीले एक सातादेखि हरेक रात भारतबाट मेची नदी तरेर नेपालको तारबार क्षेत्रसम्म हात्तीको बथान आउन थालेको बताए।

Classic Tech Desktop

३० देखि एक सयको संख्यामा हात्तीको बथान आउने गरेका छन्। बथानमा लामा लामा दाह्रा भएका भाले हात्तीदेखि बच्चाहरू पनि छन्। केही दिनअघि मेचीनगर—४ स्थित बाहुनडाँगी भन्सार गौंडामा विद्युतीय तारबार भत्काएर ३० वटा हात्ती बाहुनडाँगी पसेका थिए।


त्यसबेला तारबार भत्काएर पसेका हात्तीले मकैबाली खाएर सोत्तर बनाएका थिए। समितिले भत्केको तारबार मर्मत गरिसकेको जनाएको छ।तारबारको करेन्टसँग डराएर हात्ती रातभर सीमा क्षेत्रमै रोकिने गरेका छन्। भारतको सीमा क्षेत्रमा महानन्द वाइल्ड लाइफ सेन्चुरी नामक वन्यजन्तु आरक्षको घना जंगल छ।


आसामदेखि आएका हात्ती नेपाल आउनुअघि त्यही जंगलमा बस्ने गर्छन्। हाल साँझ परेपछि समितिको पदाधिकारी, डिभिजन वन कार्यालय झापाको टोली, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली हात्ती छेक्न सीमाका गौंडामा खटिने गरेको छ।


डिभिजन वन कार्यालयको साइरनसहितको गाडी र स्थानीय समितिको दुई ट्र्याक्टरले सीमा क्षेत्रमा हात्तीको गस्ती गर्दै आएको छ।‘कुनै पनि बेला हात्ती गाउँ पस्ने जोखिम छ, हामी नियमित गस्ती गरिरहेका छौं,’ डिभिजन वन कार्यालय झापाका प्रमुख युवराज मास्केले भने, ‘२०७२ सालदेखि भारतबाट हात्ती आएका थिएनन्। अहिले एक्कासी आउन थाले।’


प्रकृति संरक्षण समाजका अध्यक्ष अर्जुन कार्कीले हात्तीको ठूलो संख्या तारबार फोडेर बाहुनडाँगी प्रवेश गर्ने प्रयासमा रहेको हुँदा विगतमा झैंं मानव–हात्तीबीच द्वन्द्व अझ बढ्ने चिन्ता व्यक्त गरे।

प्रतिकृया