• १४ असोज २०८३, बुधबार
  • ३ः०४ राती

कोरोना परीक्षण गर्न मान्दैनन् स्थानीय

प्रकाशित मिति

२०७८ जेष्ठ २२ गते, शनिबार ०३:४७

काठमाडौँ : आदर्श गाउँपालिका–१ चाँसी गाउँका अधिकांश स्थानीयमा कोरोना संक्रमण भएको आशंका गरिएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार उक्त गाउँका ८५ जनाको कोभिड परीक्षण गर्दा ५२ जनामा संक्रमण पुष्टि भएको हो।

National Life

कोरोना जाँच नगरिएका अन्य नागरिकलाई पनि ज्वरो आउने तथा कोरोनासँग मिल्दोजुल्दो खालको लक्षण देखापरिरहेको बताइएको छ।सिंगो गाउँ नै कोरोना संक्रमणको चपेटामा परेपछि उपचारमा समस्या भएको स्वास्थ्यकर्मीले जानकारी दिएका छन्। गाउँका अधिकांश नागरिकलाई संक्रमण पुष्टि भएपछि अन्य व्यक्ति परीक्षण गर्न नै अस्वीकार गरिरहेका गाउँपालिकाका सिनियर अहेब बमबहादुर खड्काले बताए।


उनले भने, ‘सिंगो गाउँ नै कोभिड संक्रमणले प्रभावित छ, केहीले कोरोना जाँच गर्न मानेका छैनन्, संक्रमितको उपचारमा पनि समस्या छ।’ उनका अनुसार संक्रमितमध्ये दुई स्वास्थ्यकर्मी रहेका कारण उपचार गर्नमा झनै समस्या उत्पन्न भएको हो। यति मात्र नभई एउटै परिवारका ६ जनासम्म सदस्यलाई संक्रमण पुष्टि भएको पाइएको छ। गाउँका धेरैलाई संक्रमण पुष्टि भएपछि अन्य व्यक्ति परीक्षण गर्न नै अस्वीकार गरिरहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

संक्रमित देखिएका ५२ मध्ये अहिलेसम्म कुनै संक्रमितलाई अस्पताल भने भर्ना गरिएको छैन। संक्रमित देखिएकामा जटिल खालको स्वास्थ्य समस्या नदेखिएका कारण अस्पताल भर्ना नगरी घरैमा होम आइसोलेसनमा राखिएको सिनियर अहेब खड्काले जानकारी दिए।उक्त गाउँमा रहेको स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएका कारण संक्रमित देखिएकाको उपचार तथा रेखदेख गर्नमा समस्या उत्पन्न भइरहेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। संक्रमितको उपचारका लागि थप स्वास्थ्यकर्मी माग गर्न गाउँपालिकालाई स्वास्थ्य शाखाले आग्रह गरेको छ। -रासस

प्रतिकृया