भक्तपुरमा कांग्रेसद्धारा दिप प्रज्वालन
प्रकाशित मिति
२०७८ जेष्ठ २२ गते, शनिबार ०३:४२
भक्तपुर : भक्तपुर नेपाली काँग्रेसका नेता कार्यकर्ताले आज बिहान मन्दिरमा गई पूजाअर्चना र दिप प्रज्वलन गरेका छन् । कोभिड १९ संक्रमणमा परी स्वास्थ्य लाभ गरिरहेका जिल्ला सभापति दुर्लभ थापा लगायत देशविदेशमा रही संक्रमणसंग जुधिरहेकाहरुको स्वास्थ्य लाभको कामनासहित उनीहरुले पूर्वनिर्धारित जिल्लाका सबै वडामा कार्यक्रम सम्पन्न गरेको नेपाली काँग्रेस भक्तपुरका सचिव निशान ढुंगेलले बताए ।
आज शनिवार बिहान ७ बजे सम्बन्धित वडाको पायक पर्ने मन्दिरहारूमा गई पूजा अर्चना र दिप प्रज्वलन गरी कोभिड बिरुद्ध दैवी शक्तिका लागि प्रार्थना गरिएको बताए ।
नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले सुभेक्षाका लागि आम पार्टी पंतिप्रति आभार प्रकट गरेका छन् । आफ्नो कोभिड रिपोर्ट नेगेटिभ आइसकेको र आफू अस्पतालबाट डिस्चार्ज भै घरमै स्वास्थ्य लाभ गरिरहेको भन्दै उनले पार्टीका कार्यकर्ता, भक्तपुरबासी र आम संक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरे ।
चाँगुनारायणमा पूजा आराधना गरी उक्त कार्यक्रममा जिल्ला उपसभापति हरिप्रसाद नेपाल,प्रदेश सांसद कृष्णलाल भँडेल,क्षेत्र नं. १ का क्षेत्रीय सभापति जीवनखत्री, क्षेत्र नं. २ का क्षेत्रीय सभापति नारायण खायमली लगायतउक्त अवसरमा नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापा, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति सहभागिता रहेको थियो ।







प्रतिकृया