• ११ असोज २०८३, आइतबार
  • १२ः३१ दिउँसो

मोटरसाइकल चोरीमा संलग्न ७ जना मोटरसाइकलसहित पक्राउ

प्रकाशित मिति

२०७८ जेष्ठ २२ गते, शनिबार १२:५०

काठमाडौँ : मोरङ सुन्दरहरैचा नगरपालिका-४ बलियाबाट मोटरसाइकलसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका-२० बस्ने कोप बलराम गुरूङ, भवेस भन्ने सुवास लिम्बु, मचिन राई, गोलमोल राई, रोमन परियार र राते भनिने मनोज परियार छन् ।

National Life

ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बलियास्थित मिना कुमारी बि।क।को घरमा डेरा गरी बस्ने मदन कुमार चौधरीको नाममा रहेको प्र.१.०५.००१ प.००६१ नं. को रातो कलरको २०० सिसिको ल्क् मोटरसाईकल चोरीमा संलग्नलाई पक्राउ गरेको हो ।सुनसरी ईटहरी महानगरपालिका.१३ बस्ने २८ वर्षीय राजेश मेहताको घरबाट आज बिहान ८ बजे उक्त मोटरसाईकल समेत फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मान बहादुर राईले जानकारी दिए ।


मोटरसाइकल बरामद गरेपछि थप अनुसन्धानको क्रममा उक्त कार्यमा संम्लग्न अन्य ६ जनालाई शुक्रबार उनीहरुकै घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया