• ११ असोज २०८३, आइतबार
  • १०ः४७ बिहान

बारामा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

प्रकाशित मिति

२०७८ जेष्ठ १९ गते, बुधबार १२:५७

काठमाडौँ : बारामा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ स्थित नहरमा भारतीय नम्बर प्लेट भएको बी आर ०५ ए एल ७०८३ र बीआर ०५ वाई ५५७८ नम्बरको मोटरसाइकल ठोक्किँएका हुन्।

National Life

दुर्घटनामा बी आर ०५ ए एल ७०८३ नम्बरको मोटरसाइकलका चालक पचरौता नगरपालिका ३ बस्ने २६ वर्षीय प्रदीप साह कलवारको मृत्यु भएको हो। उनको उपचारको क्रममा जिल्ला अस्पताल कलैयामा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।


दुर्घटनामा परि अर्का मोटरसाइकल चालक भारत जिल्ला मोतिहारी थाना झरौखर ग्राम पन्चायत बिजवनी वडा नम्बर ९ अठमुहान बस्ने २३ वर्षीय रामपुकार महतो नुनिया घाइते भएका छन्। उनको सिम्रौनगढमा रहेको कंकाली पोलिक्लिनिक उपचार भइरहेको मिश्रले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया