• ११ असोज २०८३, आइतबार
  • २ः३५ दिउँसो

चीनमा बर्ड फ्लूको एक दुर्लभ स्ट्रेनको संक्रमण मानिसमा पुष्टि

प्रकाशित मिति

२०७८ जेष्ठ १९ गते, बुधबार ११:३३

काठमाडौँ : चीनमा बर्ड फ्लूको एक दुर्लभ स्ट्रेनको संक्रमण मानिसमा पुष्टि भएको छ। ४१ वर्षका व्यक्ति बर्ड फ्लूको दुर्लभ स्ट्रेनको संक्रमण पुष्टि हुने पहिलो व्यक्ति बनेका हुन्। चिनियाँ अधिकारीहरुले ती व्यक्तिमा कसरी बर्ड फ्लूको संक्रमण भयो भन्नेबारे विस्तृत जानकारी दिएका छैनन्। तर बर्ड फ्लूको एच १० एन ३ स्ट्रेन मानिसबाट मानिसमा सहज रुपमा सर्ने सम्भावना निकै कम रहेको बताइन्छ।

National Life

जियाङ्सु प्रान्तका संक्रमित व्यक्तिमा गएको हप्ता नै संक्रमण भएको हो। उनी अहिले संक्रमण मुक्त भएको र डिस्चार्जका लागि तयार रहेको चिनियाँ अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। बर्ड फ्लूका धेरै स्ट्रेनहरु छन् र कुखुरा तथा अरु पक्षीजन्य क्षेत्रमा काम गर्ने व्यक्तिमा बेलाबखत संक्रमण हुने गरेको छ।


चीनको नेशनल हेल्थ कमिसन (एनएचसी) मा संक्रमित व्यक्ति अप्रिल २८ मा अस्पताल भर्ना भएका थिए। त्यसको एक महिनापछि उनका एच १० एन ३ को संक्रमणको उपचार भएको हो। अहिलेसम्म विश्वमा बर्ड फ्लूको एच १० एन ३ स्ट्रेनको संक्रमण मानिसमा पुष्टि भएको थिएन। यो संक्रमण कुखुराबाट मानिसमा सरेको र बिस्तारित रुपमा संक्रमण फैलिने सम्भावना निकै कम रहेको एनएचसीलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले उल्लेख गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

एच १० एन ३ स्ट्रेनको बर्ड फ्लूले कुखुरामै पनि निकै कम क्षति गर्ने देखिएको र यसको संक्रमण दर पनि क रहेको एनएचसीले जनाएको छ।डब्लुएचओले अहिलेको अवस्थामा मानिसबाट मानिसमा यो भाइरसको संक्रमण भएको कुनै पनि घटना नरहेको समाचार संस्था रोयटर्सलाई बताएको छ। यसअघि गएको फेब्रुअरीमा बर्ड फ्लूको एच ५ एन ८ स्ट्रेनको संक्रमण रुसमा एक व्यक्तिलाई देखिएको थियो।

प्रतिकृया