• ११ असोज २०८३, आइतबार
  • १०ः१९ बिहान

खेलाडी मन्देकाजीद्वारा स्वास्थ्य सामग्री सहयोग

प्रकाशित मिति

२०७८ जेष्ठ १९ गते, बुधबार ०५:५८

काठमाडौं : डेढ वर्षअघि घरेलु भुमिमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेको तर्फबाट नेपाललाई दोहोरो स्वर्ण पदक दिलाएका खेलाडी मण्डे काजी श्रेष्ठले जेएसएसबी पेन्डामिक अफ कोभिड रेस्कस टिमालाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

National Life

श्रेष्ठले कोरोना महामारीको समयमा शव व्यवस्थापनमा खटिदै आएको जेएसएसबी टिमलाई मंगलबा राष्ट्रिय खेलकुद परिषद (राखेप) मा स्वास्थ्य सामग्री वितरण गरेका हुन् । श्रेष्ठले जेएसएस टिमका प्रतिनिधि राम प्रजापति, कृष्ण राम जाकिबन्जार र अनन्त बैध्यलाई स्वास्थ्य सामाग्री वितरण गरेका हुन् ।


श्रेष्ठले ह्याण्ड स्यानीटाइजर, मास्क र सडक तथा टोलमा कोरोना लगायत कुनै पनि संक्रमण फैलिन नदिनको लागि छरिने सडक स्प्रे लगायतको स्वास्थ्य सामग्री वितरण गरिएको जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया