• १२ असोज २०८३, सोमबार
  • ५ः११ बेलुका

नौ न्यायाधीशमाथि प्रश्न उठ्न सक्ने

प्रकाशित मिति

२०७८ जेष्ठ १८ गते, मंगलवार ०६:३६

काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्धको रिट निवेदनमा न्यायाधीश तेजकुमार केसी र बमकुमार श्रेष्ठले ‘मुद्दा हेर्न नमिल्ने’ भन्दै रिट निवेदकले प्रश्न उठाए संवैधानिक इजलासको रोस्टरमा रहेका अन्य नौ न्यायाधीशका विषयमा पनि प्रश्न उठ्ने भएको छ ।

National Life

रोस्टरमा प्रधाननन्यायाधीश राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिल सिन्हा, प्रकाशसिंह राउत, सपना प्रधान मल्ल, तेजबहादुर केसी, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तान छन् । उनीहरू सबैका विषयमा प्रश्न उठ्ने भएको हो ।


प्रधानन्यायाधीश जबरालाई ‘वरिष्ठ न्यायाधीशहरूलाई पन्छाएर संवैधानिक इजलास गठन गरेको’ भनी प्रश्न उठिरहेका बेला नौ न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमानसिंह राउत र सपना प्रधान मल्लले समेत संसद् विघटनविरुद्धको रिट हेर्न नमिल्ने देखिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएर सर्वोच्चको न्यायाधीश भएका नौ जनालाई अनुमोदन गर्ने समितिमा रिट निवेदकमा नेपाली कांग्रेस नेता तथा सांसद बालकृष्ण खा“ड छन् ।


१६ साउन २०७३ मा संसदीय सुनुवाइ समितिबाट सर्वोच्चमा नौ न्यायाधीश नियुक्तिमा अनुमोदन भएको थिए । १५ सदस्यीय संसदीय सुनुवाइ समितिमध्ये कांग्रेसका खाँड पनि समिति सदस्य थिए । यसकारण नेता खाँड सांसदको हैसियतमा रिट निवेदक भएको मुद्दा न्यायाधीशले हेर्दा ’कन्फिलक्ट अफ इन्ट्रेस्ट’ जोडिने कानुन व्यवसायीको तर्क छ ।


उनीहरूलाई न्यायाधीश बनाउँदा सिफारिस गर्ने सांसदहरू अहिले रिट निवेदक भएकाले ती न्यायाधीशहरूले रिट निवेदककै पक्षमा निर्णय गर्न सक्छन् । अतः कन्फिल्ट अफ इन्ट्रेस्ट देखिने भएकाले मुद्दाको निष्पक्ष सुनुवाइ उनीहरूबाट हुन नसक्ने एक कानुनविद्ले बताए ।


आज मंगलबारको संवैधानिक इजलासमा दुई न्यायाधीश तेजकुमार केसी र न्यायाधीश बमकुमार श्रेष्ठका विषयमा प्रश्न उठे सरकारी वकिलले संवैधानिक इजलासको रोस्टरमा रहेका नौ न्यायाधीशमाथि पनि प्रश्न उठाउने तयारीमा रहेको स्रोतले जानकारी दियो । राजधानी दैनिकबाट

प्रतिकृया