विवाहपछि काजलले आधा घटाइन् पारिश्रमिक
प्रकाशित मिति
२०७८ जेष्ठ १५ गते, शनिबार ०८:४५
मुम्बई : बलिउड अभिनेत्री काजल अग्रवालले केही समय अघि गौतम किचलूसँग विवाह गरिन् । फिल्म उद्योगमा कोही अभिनेत्रीको विवाह भयो भने उनीहरुले कम फिल्म पाउछन् भन्ने मान्यता छ । बलिउड लाइफका अनुसार काजलको हकमा पनि यो मान्यता लागु भएको छ ।
विवाहपछि काजललाई फिल्मको धेरै अफर आउन छोडेको छ । जसकारण उनले पारिश्रमिक घटाउने निर्णय लिएकी छन् । काजलले राम्रा प्रोजेक्ट आफ्नो हातमा पार्नका लागि आधा पारिश्रमिक घटाउने निर्णय लिएकी हुन् । काजलका लागि यो निर्णय लिनु त्यति सजिलो नभए पनि राम्रो फिल्मको अफर हातबाट उम्कने डरले उनले यो ठूलो निर्णय लिएकी हुन् ।

कामको कुरा गर्दा काजल अभिनेता चिरञ्जीवीको फिल्म ‘आचार्या’मा प्रमुख भूमिकामा देखिँदैछिन् । राम चरणले निर्माण गरेको यो फिल्मको निर्देशन शिवाले गरेका छन् । फिल्ममा पूजा हेगडें पनि प्रमुख भूमिकामा छिन् । यो फिल्मबाहेक उनी कमल हासनको ठूलो बजेटको फिल्म ‘इण्डियन २’मा पनि देखिँदैछिन् ।

यो फिल्मको निर्देशन शंकरले गर्दैछन् । फिल्मलाई लिएर केही दिन यता निकै विवाद देखिएको छ । यो विवादको मामला अदालतसम्म पुगेको छ ।




प्रतिकृया