• ११ असोज २०८३, आइतबार
  • २ः०९ दिउँसो

नर्भिकमा पोस्ट कोभिड क्लिनिकको सुरुवात

प्रकाशित मिति

२०७८ जेष्ठ १३ गते, बिहीबार ०४:२६

काठमाडौं: थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले कोभिड निको भइसकेकाहरुको स्वास्थ्यमा आउनसक्ने समस्या र त्यसबाट हुनसक्ने जोखिमलाई मध्यनजर गरी पोस्ट कोभिड क्लिनिकको सुरुवात गरेको छ । कोभिड ठीक भएपछि पनि स्वास्थ्यमा विभिन्न समस्या आउने क्रम बढेर गएको निश्कर्ष निकाल्दै त्यस्ता बिरामीहरुको मात्र उपचार गर्ने उद्देश्यले अस्पतालले डेडिकेटेड विशेषज्ञसहितको पोस्ट कोभिड क्लिनिक सञ्चालनमा ल्याएको हो ।

National Life

क्लिनिकमा कोभिडपछि देखिने सबै खालका स्वास्थ्य समस्याको उपचार गरिन्छ । नर्भिक इन्टरनेशनल हस्पिटलका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवालका अनुसार नेपालमा समेत कोभिडपछि विभिन्न स्वास्थ्य समस्या भोग्नेहरूको संख्या बढिरहेको छ ।


कोभिड ठीक भएको लामो समयसम्म पनि धेरैलाई सामान्य शारीरिक समस्या हुँदा नै थकाई लाग्ने, छाती दुख्ने, निद्रा नलाग्ने, डिप्रेसन हुने, ब्लडप्रेसर हुने, हिँड्दा स्वाँ–स्वाँ हुने, सास फेर्न गाह्रो हुने जस्ता समस्याहरु देखिने गर्छन् । यस्ता समस्यालाई बेवास्ता गर्न नहुने डा. जैसवाल सुझाउँछन् । यस्ता समस्या हुनेहरुले नर्भिकको पोस्ट कोभिड क्लिनिकमा आएर स्तरीय उपचार सेवा लिनसक्ने उनको भनाई छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया