• ५ साउन २०८३, मंगलबार
  • ६:४३ बेलुका

महामारीमा प्याब्सन भक्तपुरको राहत कार्यक्रम

प्रकाशित मिति

२०७८ जेष्ठ ११ गते, मंगलवार ०६:२१

भक्तपुर: कोरोना भाईरसको दोस्रो लहरले आक्रान्त बनाएको यस विषम परिस्थितिमा निजी तथा आवाशिय विद्यालय अर्गनाईजेसन प्याब्सन भक्तपुरद्धारा कोभिड संक्रमित शिक्षक–कर्मचारी, प्रिन्सिपल एवं संस्थापकहरुलाई पहिलो चरणमा आर्थिक सहयोग, चिकित्सक सहित स्वास्थ्यसेवा र खाद्यान्न वितरण गरिने भएको छ ।


भक्तपुर प्याब्सनका वरिष्ट उपाध्यक्ष्ँ सुरेन्द्र श्रेष्ठको संयोजकत्वमा भक्तपुर प्याब्सन कोभिड राहत कोष गठन गरेर जेठको दोस्रो हप्तादेखि नै राहत प्रदान गर्नको लागि आवश्यक डाटा संकलन सुरु गरिएको छ । संयोजक सुरेन्द्र श्रेष्ठका अनुसार पहिलो चरणमा कोभिड संक्रमित भएर अस्पतालको आईसियू र भेन्टिलेटरमा उपचार गराउनु परेका १० जनालाई प्रतिव्यक्ति २५ हजार रुपैंया आर्थिक सहयोग गरिनेछ । त्यसैगरी कोभिड संक्रमित आईसियूमा रहेका २० जनालाई प्रतिव्यक्ति १५ हजार रुपैंया र संक्रमित भई कोभिड वार्डमा रहेका ३० जनालाई प्रतिव्यक्ति १० हजार रुपैंयाका दरले नगद सहयोग उपलब्ध गराईने संयोजक श्रेष्ठले जानकारी दिए ।

Kamana Sewa

त्यसैगरी दोस्रो चरणमा चिकित्सक सहितको सवारी साधनमार्फत संक्रमितलाई औषधी, खाना आदि आईसोलेसन केन्द्र वा घर सम्म पुगेर सेवा प्रदान गरिने संयोजक श्रेष्ठले बताए । सम्भावित संक्रमितको पिसीआर परिक्षण, रगत परिक्षणदेखि चिकित्सकको टोली सहित घरमै अक्सिजन सिलिण्डर नै उपलब्ध गराउने व्यवस्था गरिएको श्रेष्ठले बताए ।

Classic Tech Desktop

पहिलो चरणमा भक्तपुर जिल्लामा कार्यरत प्रिन्सिपल, संस्थापक, संचालक, शिक्ष्ँक कर्मचारीको लागि संक्रमण देखिएमा आर्थिक सहयोग अनि डाक्टर, नर्स, मनोपरामर्श दाताका साथै अक्सिजन सिलिण्डर, औषधी, खाना आदिको व्यवस्था गरिएको र यसलाई विस्तार गरी सर्वसाधारणका लागि पनि यस्तो अमूल्य मानवीय जीवन बचाउने कार्यमा आफूहरु प्रयत्नरत रहेको कोभिड राहत कोष भक्तपुरका संयोजक एवं नवरत्न ईग्ंिलस स्कूल दुईपोखरी थिमिका प्रिन्सिपल समेत रहेका सुरेन्द्र श्रेष्ठले बताए ।


संक्रमितहरुको उपचारको गम्भिरता अनुसार विद्यालयले उपलब्ध गराएको प्रमाणको आधारमा विपद्मा नगद सहित महामारीमा मानविय अमूल्य जीवनको रक्षा गर्न राहतको व्यवस्था गरिएको संयोजक श्रेष्ठले जानकारी दिएका छन्

प्रतिकृया