• ५ साउन २०८३, मंगलबार
  • १:१० बेलुका

बानेश्वरमा पूर्वसभामुखहरूसँग छलफल गर्दै सापकोटा

प्रकाशित मिति

२०७८ जेष्ठ ११ गते, मंगलवार ०२:५३

तस्बिर स्रोत: सभामुख सापकोटाको सचिवालय।

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुखहरूसँग छलफल सुरू गरेका छन्। प्रतिनिधि सभाको ल्होत्से हलमा आज दिउँसो सभामुख सापकोटाले पूर्वसभामुखहरूसँग छलफल गरेका हुन्।

Kamana Sewa

छलफलमा पूर्वसभामुख रामचन्द्र पौडेल, कृष्णबहादुर महरा र ओनसरी घर्ती मगर छन्। सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछिको अवस्थाबारे छलफल गर्न सभामुख सापकोटाले पूर्वसभामुखलाई बोलाएका हुन्।

Classic Tech Desktop

सभामुख सापकोटाले प्रतिनिधि सभाबाट वैकल्पिक सरकार बन्ने अवस्था हुँदाहुँदै प्रतिनिधि सभा विघटन गरिएको भन्दै विरोध गरेका थिए।

प्रतिकृया