• ५ साउन २०८३, मंगलबार
  • ६:३८ बेलुका

अक्सिजन आयातमा डलर सटहीको सीमा हट्यो

प्रकाशित मिति

२०७८ बैशाख ३१ गते, शुक्रबार ०१:०५

काठमाडौं : अक्सिजन आपूर्तिका लागि डलर सटहीमा सीमा नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागले यसअघि टिटी र ड्राफ्टमार्फत् सामान खरिद गर्दा डलर सटहीमा लाग्दै आएको ३५ हजार ठलरको सीमालाई बढाएको हो ।

यसअघि ३५ हजार डलरभन्दा बढी डलर सटही गर्नुपर्दा एलसी खोल्नैपर्ने बाध्यता थियो । तर कोभिड-१९ महामारी नियन्त्रणका लागि खरिद गर्नुपर्ने स्वास्थ्य सामाग्रीका लागि एउटै टीटी/ड्राफ्टमार्फत् एउटै बिलमा १ लाख डलरसम्म भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ ।

Kamana Sewa

सोभन्दा बढी मूल्यका सामान खरिद गर्नुपर्ने भएमा स्वास्थ्य सेवा विभागको सिफारिसमा जतिपनि रकम सटही सुविधा दिन सकिने राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, अक्सिजन सिलिन्डर, अक्सिजन ग्यास, ट्यांक, जेनेरेटर, अक्सिजन उत्पादन गर्ने प्लान्ट र त्यसको डेलिभरी गर्ने सामान किन्न स्वास्थ्य मन्त्रालयको सिफारिस समेत नचाहिने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

Classic Tech Desktop

त्यसरी आयात गर्दा यसअघि २५ हजार डलरभन्दा बढीको सहटी गर्दा बिजनेस क्रेडिबिलिटी इन्फरमेसन (बीसीआई)आवश्यक परेको थियो । तर, राष्ट्र बैंकले यो व्यवस्था पनि हटाएको छ । अब सटही सुविधा उपयोग गर्ने आयातकर्ताले विदेशी अपचलन गरेमा स्वयम् जिम्मेवार हुने व्यहोराको स्वःघोषणा बैंकसमक्ष गर्नु पर्नेछ । सो घोषणासँगै बैंकले डलर सहटी सुविधा उपलब्ध गराउनेछ । त्यस्तो सहटीको विवरण बैंकहरुले प्रत्येक महिना राष्ट्र बैंकलाई पठाउनुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिकृया