• १४:२३ २०८० चैत्र १५ गते
  • 2:23 pm

आज नेप्से कारोबार उकालो

प्रकाशित मिति

२०७८ बैशाख २९ गते, बुधबार ०४:४०

nepse image ruiI8QwjJl

काठमाडौं : आज शेयरबजार सामान्य अंकले बढेको छ । साताको कारोबारको चौथो दिन आज नेप्से 0.५६ अंकले बढेर २६ सय ७३ दशमलव ८८ विन्दुमा पुगेको हो ।

 

त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ०.१४ अंकले बढेर ४ सय ७८ दशमलव ३८ विन्दुमा पुगेको छ । आज सात कम्पनीको उपसमुह बढेका छन भने ६ समुहको नेप्से सुचक घटृेका छन् । आज सबैभन्दा धेरै म्यानुफ्याक्चरिङ तथा प्रोडक्ट उपसमुहको १.७१ प्रतिशत अथवा १००.६६ अंकले सुचक बढेको छ ।

 

बुधबार नेप्से सुचक अनुसार २ सय १५ कम्पनीको ६२ हजार ९ सय ७२ पटक कारोबार भएर ५ अर्ब ३२ करोड ६ लाख ५२ हजार ८ सय ०१ रुपैयाँ बराबरको १ करोड ४८ लाख ५४ हजार ४ सय २२ कित्ता शेयर खरिद विक्रि भएको छ ।

प्रतिकृया