• २९ भदौ २०८३, सोमबार
  • ३ः४९ राती

लकडाउनमा क्यानको अनलाइन काउन्सेलिङ

प्रकाशित मिति

२०७८ बैशाख २५ गते, शनिबार ०८:५५

विश्वव्यापी महामारीको रुपमा नयाँ भेरियन्टसहित फैलिएको नोबल कोरोना भाइरसलाई मध्यनजर गरी क्यानले भर्चुअल प्लाटफर्ममार्फत आफ्नो सेवा सुविधालाई निरन्तरता दिएको छ । कोरोना भाइरसलाई मध्यनजर गरी क्यानले भर्चुअल प्लाटफर्म जुम(ZOOM)मार्फत आफ्नो सेवा सुविधालाई निरन्तरता दिइरहेको कम्पनीका प्रबन्ध निर्देशक अमृता मारिखुले जानकारी दिएकी हुन्।

National Life

क्यान कन्सल्टेन्सीले विगत एक दशकदेखि उच्च शिक्षाका लागि विद्यार्थीहरुलाई क्यानाडाको शिक्षाबारे मार्गदर्शन दिइरहेको छ । यस कन्सलटेन्सीले हालसम्ममा हजारौँ विद्यार्थीहरु तथा डिपेन्डेन्टहरुलाई सेवा दिई क्यानाडा पठाउन सफल भइसकेको  छ । भर्चुअल काउन्सेलिङ मात्र नभई कन्सल्टेन्सीले चलाइरहेको आएलटस्/पीटिइ(IELTS/PTE) का सम्पूर्ण कक्षाहरु भर्चुअलमा परिवर्तन भइसकेको मारिखुले बताइन् । विगतका हप्तामा ५० वटा भन्दा बढि भर्चुअल काउन्सेलिङ भइसकेको र दिनमा चारपटक विभिन्न समयमा भर्चुअल आएलटस्/पीटिई कक्षाहरु सञ्चालन भइरहेको उनले बताइन् ।

क्यानाडाको ४० वटा भन्दा बढि क्यानाडियन कलेज तथा युनिर्भर्सीटीहरुको कन्सल्टेन्सीमा आबद्ध रहेका क्यानले जनाएको छ । कन्सलटेन्सीमा काउनसलरहरुको १५ वर्षभन्दा बढिको अनुभव तथा क्यानाडामा पनि अफिस भएको हुदाँ भिसापछिका सुविधाहरु नेपालबाटै निश्चिित गरिने कन्सल्टेन्सीको दाबी छ । विद्यार्थीहरुलाई सहज बनाउने सुविधाका कारणले नै लोकप्रिय बन्न सफल भएको कन्सल्टेन्सीलको विश्वास छ । साथै क्यानबाट उपलब्ध हुने सम्पूर्ण अन्य जानकारी मोबाइल नं ९८१०२१२७६७मा सम्पर्क गरी बुझ्न सकिने क्यानले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया