• २८ भदौ २०८३, आइतबार
  • ११ः३३ बिहान

नेपाली कांग्रेस गुल्मीले  पार्टी कार्यालयलाई कोरोना उपचार तथा आइसोलेसन कक्षका लागि उपलब्ध गराउने

प्रकाशित मिति

२०७८ बैशाख २५ गते, शनिबार ०८:५१

कौरव खत्री
गुल्मी  :  गुल्मी नेपाली कांग्रेस गुल्मीले जिल्ला स्थित पार्टी कार्यालयलाई कोरोना उपचार तथा आइसोलेसन कक्षका लागि उपलब्ध गराउने भएको छ ।

National Life

 

नेपाली काँगे्रस जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले सदरमुकाम तम्घासमा रहेको नेपाली काँगे्रस पार्टी कार्यालय वीपी स्मृति भवनलाई आवश्यकता अनुसार आइसोलेसनका रुपमा प्रयोग गर्न सकिने प्रतिबद्धता दिनुभएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

जिल्लामा कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकमा पार्टी सभापति श्रेष्ठले जिल्लाभर फैलिएको कोरोना प्रकोपको भयावह अवस्थालाई दृष्टिगत गदै नेपाली कांग्रेस गुल्मीले समाजप्रतिको सामाजिक उत्तरदायित्वलाई वहन गर्दै पार्टी कार्यालयलाई कोरोना उपचार तथा आइसोलेसन कक्षका लागि उपलब्ध गराउने बताउनु भएको थियो ।

 

साथै पार्टी सभापति श्रेष्ठले हामी सबैको यो पार्टी कार्यालय जनताको सेवामा समर्पित गर्दै कोरोना उपचार तथा आइसोलेसन कक्षका लागि उपलब्ध गराउने भन्दै सम्बन्धित पक्षलाई सम्पुर्ण आवश्यक व्यवस्था मिलाउन पनि उहाँले अनुरोध गर्नुभएको छ ।

प्रतिकृया