• ४ साउन २०८३, सोमबार
  • ७:१७ बेलुका

जनउत्थान सामुदायिक लघुवित्तको शेयर मूल्य १० प्रतिशतले वृद्धि

प्रकाशित मिति

२०७८ बैशाख २३ गते, बिहीबार १२:३२

काठमाडौँ : मूल्य समायोजन पछि जनउत्थान सामुदायिक लघुवित्त शेयरको मूल्य १०  ले वृद्धि भएको छ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा बिहीवार १० प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू.३ हजार ९७२ पुगेको हो ।

कम्पनीको बोनस शेयर बुधवार मूल्य समायोजन भएको थियो । बुधवार नेप्सेले कम्पनीको ४९ दशमालव ४० प्रतिशत बोनस शेयरको समायोजन गरेको थियो । समायोजन पछि कम्पनीको शेयर मूल्य नेप्सेले रू.३ हजार ६११ तोेकेको हो । बिहीवार कम्पनीको शेयर रू। ३ हजार ७९१ मा खुला भएको हो ।

Kamana Sewa

प्रतिकृया