• ४ साउन २०८३, सोमबार
  • ७:०० बेलुका

भोटेकोशी आईपीओमा डिजिटल आवेदन

प्रकाशित मिति

२०७८ बैशाख २३ गते, बिहीबार ११:१२

काठमाडौँ : आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित ‘आइएमई पे’ एपबाट मध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपीओमा आवेदन दिन सकिने भएको छ ।

दोस्रो भेरियन्टको कोरोना संक्रमण बढ्दै जाँदा जारी रहेको निषेधाज्ञाका कारण हिँडडुलमा समेत समस्या रहेको अवस्थालाई मध्यनजर गर्दै आजदेखि आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय वासिन्दाहरूलाई लक्षित गरी जारी गरेको आईपीओमा आवेदन दिन सकिने व्यवस्था मिलाइएको आइएमईले जनाएको छ ।

Kamana Sewa

आयोजनाको आईपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालका अनुसार आयोजना प्रभावित क्षेत्रका डिम्याट खाता वाहक बासिन्दाहरूले आइएमई पे मार्फत आवेदन दिन सक्ने बताउँदै अन्यलाई आवेदन दिनको लागि अर्को ब्यवस्था गरिने उल्लेख गरे ।

Classic Tech Desktop

प्रतिकृया