• १२ असोज २०८३, सोमबार
  • ७ः११ बेलुका

सर्जिकल माक्स ५ रुपैयाँभन्दा बढीमा बिक्री गरे कारबाही

प्रकाशित मिति

२०७८ बैशाख २२ गते, बुधबार ०१:५९

रौतहट प्रहरीले ५ रुपैयाँभन्दा बढीमा सर्जिकल माक्स बिक्री वितरण गरे कारबाही गर्ने भएको छ । स्थानीय व्यापारीहरूले माक्स बिक्रीमा मनपरी गरेको नागरिकहरूबाट गुनासो आएपछि जिल्ला प्रहरी कार्यालय रौतहटले उद्योग वाणिज्य संघलाई मास्कको मूल्य निर्धारण गर्न अनुरोध गरेको थियो । सोही अनुरुप मंगलबार रौतहट उद्योग वाणिज्य संघले ५ रुपैयाँभन्दा बढीमा माक्स बिक्री नगर्न सम्पूर्ण व्यापारीहरूलाई पत्रचार गरेको छ ।

National Life

यसअघि बजारमा खुल्ला रूपमा सर्जिकल माक्स प्रतिथान १० रुपैयाँमा बिक्री हुँदै आएको छ । कोरोना संक्रमणको जोखिमबाट बच्नका लागि सजिलो उपाय सर्जिकल मास्क नै भएकाले सो मास्कलाई ५ रुपियामा विक्रि गर्न सम्पूर्ण माक्स बिक्रेताहरूलाई आग्रह गरेको रौतहट उद्योग बाणिज्य संघका अध्यक्ष पण्डितप्रसाद जयसवालले बताए ।यदि कसैले सर्जिकल माक्स ५ रुपैयाँभन्दा बढी मूल्यमा बेचेको गुनासो आएमा कानुनअनुसार कारबाही हुने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक सिद्धि विक्रम शाहले जानकारी दिएका छन् ।

यसैगरी उद्योग वाणिज्य संघ रौतहटले खाद्यान्न सामग्रीको कृतिम अभाव नगर्न व्यवसायीहरूलाई अपिल गरेको छ । उद्योग वाणिज्य संघ रौतहटले मंगलबार एक सुचना जारी गर्दै कोरोना संक्रमणको मौका छोपी यो संकटको घडीमा अति आवश्यक खाद्यान्नलगायतका सामग्रीहरूको कृतिम अभाव सृजना नगरी उचित मुल्यमा बिक्री वितरण गर्न अध्यक्ष जयसवालले ब्यावसायीहरूलाई अनुरोध गरेका छन् ।यता रौतहटको गरुडास्थित मालपोत कार्यालय सोमबारबाट बन्द भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

रौतहटमा कोरोना संक्रमण दर बढ्दै गएसँगै गरुडा मालपोत कार्यालयका अधिकांस कर्मचारीहरूमा ज्वरो आउने, रुघाखोकी लाग्ने, टाउको दुख्ने जस्ता स्वास्थ्यसम्बन्धी समस्या देखिएको मालपोत कार्यालय गरुडाका मालपोत अधिकृत प्रेमचन्द्र मिश्रले जानकारी दिएका छन । कार्यालयमा सेवाग्राहीहरूको अत्याधिक भिडभाड हुने भएकाले कोरोना संक्रमण फैलन सक्ने जनाउँदै अदालती तथा आन्तरिक प्रशासन सम्बन्धि आवश्यक सेवाहरू बाहेक अन्य सेवाहरू अर्को सुचना नआउन्जेल सोमबारबाटै सबै सेवाहरू बन्द गरिएको मिश्रले बताए ।

त्यस्तै चन्द्रनिगाहपुरका व्यापारीहरूले आफैँले व्यापार व्यवसाय बन्द गरेका छन् । कोरोना संक्रमण नियन्त्रणका लागि स्वत स्फुर्त रूपमा पसलहरू बन्द गरिएको फेन्सी पसल व्यवसायी संघका अध्यक्ष श्रीराम न्यौपानेले जानकारी दिएका छन् । यसअघि नै चन्द्रपुर नगरपालिकाले वैशाख २१ गतेसम्म नगरपालिकाका सम्पूर्ण वडा कार्यालय बन्द गरेको छ । कारोबार दैनिकबाट

प्रतिकृया