• १२ असोज २०८३, सोमबार
  • ६ः४२ बेलुका

४६ जिल्लामा जेठ ५ सम्मलाई निषेधाज्ञा जारी गर्न गृह मन्त्रालयको निर्देशन

प्रकाशित मिति

२०७८ बैशाख २२ गते, बुधबार ०१:३७

काठमाडौँ: गृह मन्त्रालयले ७७ जिल्लामध्ये ४६ जिल्लामा आउँदो जेठ ५ गतेसम्मलाई निषेधाज्ञा जारी गर्न निर्देशन दिएको छ । तीमध्ये ३५ जिल्लामा पूर्ण र ११ जिल्लामा जोखिम क्षेत्र निर्धारण गरी निषेधाज्ञा लगाउन निर्देशन दिएको हो ।प्रवक्ता जनकराज दाहालका अनुसार काठमाडौँ उपत्यका तथा तराईका जिल्लाहरूमा पाँच सय र पहाडी जिल्लाहरूमा दुई सय जना सङ्क्रमित भेटिएमा निषेधाज्ञा जारी गर्ने कोभिड-१९ सङ्क्रमण व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्णय दिएको  हो ।

National Life

काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा वैशाख २९ गतेसम्मका लागि थप गरिएको छ । यसअघि जारी भएर सवारी पास पनि खारेज गरी निषेधाज्ञा कडा पारिएको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले कोरोना सङ्क्रमण महामारी रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि यही वैशाख १६ गते राति १२ बजेदेखि २२ गते राति १२ बजेसम्म हप्ता दिनका लागि निषेधाज्ञा जारी गरेको थियो ।

 

Classic Tech Mobile
Classic Tech Desktop

उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको ‘भर्चुअल’ बैठकले निषेधाज्ञा आदेशको पूर्णपालना गर्नु र गराउनु व्यक्ति, सङ्घ–संस्था, पेसाकर्मी, अधिकारकर्मी, उद्योगी व्यवसायी र आमनागरिकको कर्तव्य हुनेछ भन्दै निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कारबाहीको चेतावनी दिएको छ । त्यसैगरी अत्यावश्यक खाद्यसामग्री खरिदका लागि बिहान ९ बजेसम्म र ढुवानीसँग सम्बन्धित सवारी १० बजेसम्मलाई तोकिएको छ । निर्माण सामग्री ढुवानीका सवारी साधनलाई राति १० बजेदेखि भोलि बिहान ४ बजेको समय निर्धारण गरिएको छ ।

परिपत्र गरिएको छ ।

प्रतिकृया