• १२ असोज २०८३, सोमबार
  • ७ः४८ बेलुका

भारतीय सीमा जोडिएको नाका बन्द

प्रकाशित मिति

२०७८ बैशाख २२ गते, बुधबार ०२:२९

जनकपुरधाम : धनुषासँग जोडिएको भारतीय सीमा नाका बन्द भएको छ। कोरोनाको दोस्रो लहर तीव्र रुपमा बढिरहेको समय धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले एक सूचना जारी गर्दै धनुषासँग जोडिएको सबै नाका बन्द भएको जानकारी दिएका छन्।

National Life

 

प्रजिअ बास्तोलाले नेपाल सरकार मन्त्रीपरिषद्को आइतबारको निर्णयमा नेपाल भारतबीच आवतजावत गर्न यस जिल्लाको कुनै नाका नपरेकोले जिल्लाका नाकाबाट भारततर्फ आवत जावत गर्न निषेध गरेको जानकारी दिएका छन्। धनुषासँग जुडिएको जटही नाका, इनर्वा नाका लगायत सबै नाकाबाट अब आवतजावत गर्न रोक लगाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया