• १२ असोज २०८३, सोमबार
  • ४ः२४ बेलुका

रेम्डेसिभिर कोरोनाको अचुक औषधि होइन, प्रयोगमा ख्याल गरौं : विभाग

प्रकाशित मिति

२०७८ बैशाख २२ गते, बुधबार ०१:१२

काठमाडौं :  रेम्डेसिभिर औषधि कोरोना भाईरस संक्रमितका लागि अचुक औषधि नभएको औषधि व्यवस्था विभागले जनाएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै विभागले यो सबै प्रकारका कोभिड १९ का विरामीका लागि आवश्यक नपर्ने र अचुक औषधि पनि नभएकाले यसको प्रयोगमा डाक्टरहरुले ख्याल पुर्याउन निर्देशन गरेको छ ।

National Life

 

विभागले तीन हजार भाइल औषधि आयत गर्न निजी कम्पनीलाइ अनुमति दिएको छ । कोभिड १९ अस्पतालमा सिफारिस गरेकाले औषधि को तर्कसंगत प्रयोग गर्न डाक्टरहरुले प्रोत्साहन गर्न समेत सूचित गराइएको विभागका महादिर्नेशक भरत भटट्राईले बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

 

कोभिड महामारिको समयमा रेम्डेसिभिर औषधि माथि भ्रम सिर्जना भएकाले बजारमा कालोवजारीमा बिक्री वितरण समेत हुने गुनासो आए पछि विभागले अनुगमन गरी प्रयोगमा कडाइ गरेको उहाँले बताउनुभयो ।औषधि सिफारिस गरिएका अस्पताललाई प्रयोग बारे सम्पूर्ण विवरण समेत उपलब्ध गराउन विभागले निर्देशन दिएको जनाएको छ ।संक्रमित विरामीको उपचारमा संलग्न चिकित्सकहरुले समेत उपचार प्रोटोकल अनुसार प्रयोग गर्न सचेत गराउन अनुरोध गरेको छ ।

 

बंगलदेशको बेक्सीम्को फार्मेसिष्ट लिमिटेडले उत्पादन गरेको वेमसिभिर इन्जेक्सन औषधि नेपालमा समेत कोरोना भाइरसबाट बच्न परिक्षणका लागि प्रयोग गर्ने गरी विभागले पहिलो पटक आयत गरेको जनाएको छ । भाइरल रोगका विरामीको उपचारमा प्रयोग हुने रेम्डेसिभिर औषधि क्लिनिकल ट्रयालका रूपमा कोभिडको उपचारमा विश्वभर प्रयोग गर्न थालिएको छ ।गोरखापत्र

प्रतिकृया