• ४ साउन २०८३, सोमबार
  • ६:४७ बेलुका

३ अर्ब रुपैयाँ बराबरको नेपाल बैंकको ऋणपत्र बिक्री खुल्ला

प्रकाशित मिति

२०७८ बैशाख २२ गते, बुधबार १२:५८

काठमाडौं : नेपाल बैंक लिमिटेडले साढे ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुल्ला गरेको छ । आज बैशाख २२ गतेदेखि बिक्री खुल्ला भएको ऋणपत्रको ब्याजदर वार्षिक साढे ८ प्रतिशत भएको बैंकले जनाएको छ ।बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।

 

Kamana Sewa

सोमध्ये १ अर्ब ४० करोड रुपैयाँ बराबरको १४ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिने र बाँकी २१ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ ।सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्र मध्ये ५ प्रतिशत अर्थात ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा १५ हजार कित्ता बाँडफाँट गरिएको छ ।

Classic Tech Desktop

 

सर्वसाधारणले बाँकी १३ लाख ८५ हजार कित्ताका लागि आवेदन दिन सक्ने बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र-२०८७’ को अवधि १० वर्षको रहने छ । सो ऋणपत्र खरिदका लागि छिटोमा बैशाख २६ गतेसम्ममा आवेदन दिइसक्नु पर्नेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ ५ गतेसम्म लम्बिनेछ ।

 

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने विज्ञप्तीमा उल्लेख छ ।लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् । नेपाल बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

प्रतिकृया