• १७:३२ २०८० चैत्र १५ गते
  • 5:32 pm

दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा

प्रकाशित मिति

२०७८ बैशाख २० गते, सोमबार ०८:२७

delli win 1 e1620009745365

काठमाडौँ : दिल्ली क्यापिटल्स आईपीएल टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।आइतबार राति भएको खेलमा पन्जाब किङ्सलाई ७ विकेटले हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । अहमदाबादमा पन्जाबले दिएको १ सय ६७ रनको लक्ष्य दिल्लीले १७ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो ।

 

दिल्लीको जितमा शिखर धवनले अविजित ६९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै पृथ्वी शले ३९ रन जोड्दा स्टिभ स्मिथले २५ रन बनाए ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो । पन्जाबका लागि कप्तान मायांक अग्रवालले अविजित रहदै ९९ रनको अर्धशतकीय इनिङ्स खेले पनि जित दिलाउन सकेनन् ।

 

जितसँगै दिल्लीले ८ खेलमा १२ अंकसहित शीर्ष स्थानमा पुगेको छ । ८ खेलमा ६ अंक जोडेको पन्जाब छैटौं स्थानमा छ ।

प्रतिकृया