• १ असोज २०८३, बिहीबार
  • १०ः३२ बिहान

आफैं बिरामी भएर पनि संक्रमितको उपचार गर्दै यी चिकित्सक

प्रकाशित मिति

२०७८ बैशाख २० गते, सोमबार ०८:२०

काठमाडौं : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको कोभिड आइसोलेसन वार्डमा कार्यरत डा। पुरुषोतम बर्मा आफैं अस्वस्थ छन्। कोरोना संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा रहने उनलाई विगत ५र६ दिनदेखि ज्वरो, रुघाखोकी र श्वास फेर्ने समस्याले सताइरहेको छ। कोरोनाको लक्षणसँग मिल्दोजुल्दो रहेको आफ्नो स्वास्थ्य समस्याभन्दा उनी वार्डमा भर्ना भएका संक्रमितको स्वास्थ्यप्रति बढी चिन्तित छन् र त आफू अस्वस्थ हुँदा पनि उपचारमा तल्लिन भइरहेका छन्।

National Life

 

‘मलाई ५र६ दिनदेखि त्यति सञ्चो छैन, हिजो शनिबार त झन् धेरै गाह्रो भयो,’ उनले नागरिकसँग भने ‘कोरोनाको लक्षण पुरै छ, पिसिआरको लागि स्वाब दिइसकेको छु, रिपोर्ट अझै आएको छैन।’ कोरोनाको शंका लागेर बिरामीको उपचार गर्दै आफै आइसोलेट भएर बसिरहेको डा। बर्माले सुनाए। बाँके, डुडुवा गाउँपालिका वडा नम्बर २ बेतहनी निवासी ३० बर्षका उनी विगत डेढ वर्षदेखि अस्पतालको मेडिकल अफिसर पदमा कार्यरत छन्।

Classic Tech Mobile
Classic Tech Desktop

 

उनी यसअघि शिक्षण अस्पताल नेपालगन्जको मेडिकल आइसियु कक्षमा कार्यरत थिए। नयाँ भेरियन्टको रूपमा कोरोना महामारी फैलिएपछि अस्पतालले सोही कक्षलाई आइसोलेसन वार्ड बनायो। कोरोना संक्रमितको उपचार गर्नकै लागि उनी सोही वार्डमा काम गर्न थालेका हुन्।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिकृया