• २२ भदौ २०८३, सोमबार
  • १ः२७ राती

अख्तियारको फन्दामा किसानसँग घूस लिने खाँ 

प्रकाशित मिति

२०७८ बैशाख १६ गते, बिहीबार ०६:०७

काठमाडौं :  किसानसँग अनुदानका लागि घूस लिने एक कर्मचारी अख्तियार दुरुपयोग अनुसन्‍धान आयोगले नियन्‍त्रणमा लिएको छ । डोल्पाको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईको स्याउ जोन कार्यालय प्रमुख हसमुल्ला खाँलाई आयोगले नियन्‍त्रणमा लिएको हो ।

National Life

दाँते ओखरको बिरुवा उत्पादन गरेवापत किसानलाई दिनुपर्ने अनुदान रकम भुक्तानी गर्नको लागि घूस माग गरिरहेको अवस्थामा आयोगले समातेको हो ।

 

Classic Tech Desktop

आयोगको सुर्खेत कार्यालयबाट खटिई गएको टोलीले खाँलाई २५ हजार रुपैयाँ घूस लिइसकेको अवस्थामा उनकै कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

प्रतिकृया