• २४ भदौ २०८३, बुधबार
  • ६ः३७ बेलुका

प्रधानमन्त्री ओली आइसोलेसनमा

प्रकाशित मिति

२०७८ बैशाख १५ गते, बुधबार ०१:२३

काठमाडौँ : आफ्नो सम्पर्कमा आएका नेताहरुलाई कोरोना भाइरसको संक्रमण देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली आइसोलेसनमा बसेका छन् ।

National Life

पछिल्लो पटक नेता खिमलाल भट्टराईलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ  । भट्टराईको सचिवालयले उनलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो। संक्रमण पुष्टि भएपछि उनी आइसोलेसनमा छन् ।

प्रधानमन्त्री ओली पनि भट्टराईसँगको सम्पर्कमा आएकाले आइसोलेसनमा बसेका हुन्।अहिलेसम्म ओली पक्षका तीनजनामा संक्रमण पुष्टि भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

नेताहरुलाई कोरोना संक्रमण देखिएपछि केन्द्रीय समिति बैठकमा सहभागी भएकाहरुको कन्ट्याक ट्रेसिङ्ग भइरहेको एमालेले जनाएको छ।

प्रतिकृया