• १२ असोज २०८३, सोमबार
  • ९ः१५ बिहान

नेपालमा रेमडिसिभिर निर्यातमा प्रतिबन्ध : अभावमा फार्मेसीहरु

प्रकाशित मिति

२०७८ बैशाख १५ गते, बुधबार ०९:११

काठमाडौँ  : कोरोना संक्रमणका बिरामी बढेसँगै उपचारमा आवश्यक रेमडिसिभिर औषधिको अभाव भएको छ।

National Life

 

कोरोना संक्रमणबाट गम्भीर अवस्था भएका बिरामीमा प्रयोग गरिने रेमडिसिभिर भारतले नेपालमा निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको अभाव  भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

 

यस औषधिको प्रयोगले गम्भीर तहका कोरोना संक्रमितलाई संक्रमण अवधि कम गर्न सहयोग गर्छ । टिचिङ अस्पतालको फार्मेसीमा चार दिनदेखि यो औषधिको अभाव भएपछि अन्य अस्पतालबाट ल्याएर संक्रमितको उपचार गरिएको अस्पतालका छातीरोग विशेषज्ञ डा निरज बमले बताएका छन् । फार्मेसीहरूमै यो औषधि नभएको डा बमले जानकारी दिए।

एउटा बिरामीका लागि ६ भाइल  प्रयोग गर्नुपर्ने  औषधि वीर अस्पतालको फार्मेसीमा ६० भाइलमात्र रहेको अस्पतालका कोभिड उपचार संयोजक डा.अच्युत कार्कीले बताएका छन् ।

 

वीर अस्पतालमा कोभिडका ७६ जना बिरामी भर्ना भएका छन्। ‘अब यहींका बिरामीलाई रेमडिसिभिर पुग्ने स्थिति छैन’, कार्कीले भने। बलम्बुस्थित सशस्त्र बल अस्पतालमा रेमडिसिभिर नभएपछि केही दिनअघि वीरबाट मगाएर प्रयोग गरिएको थियो। बजारमा औषधि अभाव भएपछि बिरामीका आफन्तले रेमडिसिभिर खोज्न भौंतारिनु परेको सशस्त्र बल अस्पतालका कोभिड -१९ उपचार संयोजक डा. प्रवीन नेपालले बताएका छन् ।

राजधानीकै सिभिल अस्पतालले पनि रेमडिसिभिर नभएको जनाएको छ। स्टक रहेको ३० भाइल बिरामीको उपचारमा प्रयोग भइसकेकाले अबको उपचारका लागि खोज्नुपर्ने स्थिति रहेको अस्पतालका डा.विदेश बिष्टले बताएका छन्  । यो औषधि महँगो भएकाले भण्डारण नगरिएको र बिरामी आफैंले बाहिरबाट किनेर ल्याउने व्यवस्था गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले थोरै मात्रामा खरिद गरेको औषधि सकिएपछि मंगलबार सय भाइल किनेर ल्याएको बताएका छन् ।

यो औषधिको भाउ घट्ने स्थिति भएकाले पनि आपूर्तिकर्ताले धेरै मात्रामा नराखेको हुन सक्ने उनको तर्क छ। कोरोना संक्रमण तीव्र बनेपछि भारतले रेमडिसिभिर र खोप निर्यातमा रोक लगाएको छ। भारतले रोक लगाएपछि नेपालले बंगलादेशको कम्पनीबाट उत्पादित औषधिलाई अनुमति दिएको औषधि व्यवस्था पिभागले जनाएको छ। शुक्रबारसम्म औषधि नेपाल आइपुग्ने विभागका प्रवक्ता सन्तोष केसीले बताएका छन् ।

(नागरिक दैनिक)

प्रतिकृया