• ११ असोज २०८३, आइतबार
  • २ः५३ राती

उपभोक्तालाई सहज पार्न सरकारकाे र्‍यापिड रेस्पोन्स टिम

प्रकाशित मिति

२०७८ बैशाख १५ गते, बुधबार ०८:५३

काठमाडौँ : निषेधाज्ञामा उपभोक्तालाई सहज पार्न सरकारले र्‍यापिड रेस्पोन्स टिम निर्माण गरेको छ ।

National Life

 

कोरोना महामारी नियन्त्रणका लागि सरकारले बुधबारदेखि १५ दिनसम्म निषेधाज्ञा लागू गरेपछि उपभोक्तालाई अत्यावश्यक सेवाको आपूर्ति सहज पार्न उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले उच्चस्तरीय र्‍यापिड रेस्पोन्स टिम निर्माण गरेको हाे ।

Classic Tech Mobile
Classic Tech Desktop

 

 

निषेधाज्ञाको समयमा आपूर्ति प्रणाली सहन पार्न सरोकारवाला मन्त्रालयका अधिकारीहरु सम्मिलित टिम बनाएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जानकारी दिइएको छ ।

 

 

मन्त्रालयले निषेधाज्ञाको समयमा स्वास्थ्य सुरक्षा, खाद्य पदार्थ, दैनिक उपभोग्य समाग्रीको ढुवानी र आपूर्ति तथा त्यस्ता वस्तुहरुको उत्पादन र वितरणमा केहि समस्या देखिए सम्बन्धित अधिकारीलाई सम्पर्क गर्न मोबाइल नम्बरसहित जिम्मेबार व्यक्ति तोकिदिएको छ ।

 

आपूर्ति व्यवस्थापनमा आपूर्ति मन्त्रालय सह-सचिव प्रेमकुमार श्रेष्ठ, स्थानीय प्रशासनको सहयोग तथा आवागमनको सहजताका लागि गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहाल, कृषिजन्य तथा पशुजन्य सामाग्रीको आपूर्तिको समस्या आएमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता डाक्टर श्रीराम घिमिरे, उत्पादनशील उद्योगको हकमा नारायणप्रसाद दुवाडी र वैदेशिक व्यापारको हकमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय प्रवक्ता सह-सचिव डाक्टर नारायणप्रसाद रेग्मीलाई जिम्मेबार व्यक्ति तोकिएको छ ।

प्रतिकृया