• २६ भदौ २०८३, शुक्रबार
  • २ः३२ दिउँसो

मंगलवारको राशिफल

प्रकाशित मिति

२०७८ बैशाख ७ गते, मंगलवार ०६:२०

मेष

National Life

आज सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ वस्त्र र अलङ्कारको प्राप्ति होला । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । धार्मिक कार्यमा मन जानेछ ।

मिथुन

Classic Tech Mobile
Classic Tech Desktop

बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । बौद्धिक विकास होला । धार्मिक यात्राको योग पनि छ ।

सिंह

आज मन खिन्न हुने स्थिति आउनेछ । मानसिक चिन्ता र चञ्चलता बढेको महसुस हुनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहने देखिन्छ ।

तुला

बन्धुबान्धवबाट सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अधुरो काम पूरा हुनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

धनु

सरकारी निकायको भय रहला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यप्रति सजग रहनु होला ।

कुम्भ

आज जोशजाँगर र हिम्मत बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनसक्छ । पारिवारिक सुख पनि मिल्नेछ ।

 वृष

शुभकार्यको चर्चा चल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।  परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ ।धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

कर्कट

कार्यमा सफलता पाइनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला ।  दिनको उत्तरार्धमा धन खर्च बढ्न सक्छ । आज मनमा शान्ति छाउला ।

कन्या

आज शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । आकस्मिक धन लाभ हुनेछ । प्रेमीको साथ र सहयोग पाइनेछ ।

वृश्चिक

नयाँ कार्यको योजना बन्ला । रमाइलो यात्राको योग रहेको छ । अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

मकर
आज आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । समाजसेवामा र धार्मिक कार्यमा मन पनि जानेछ । शत्रु पराजित हुनसक्छन् ।

मीन

शुभकार्यको चर्चा चल्ने र नयाँ कार्यको प्रारम्भ हुनसक्छ । सामाजिक तथा परोपकारमा पनि रुचि बढ्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

प्रतिकृया