• २६ भदौ २०८३, शुक्रबार
  • २ः३२ दिउँसो

भिरबाट लडेर २, सवारी दुर्घटनामा ४ जनाको मृत्यु, १ मृत अवस्थामा फेला

प्रकाशित मिति

२०७८ बैशाख ६ गते, सोमबार ०५:५४

बझाङ: तलकोट गाउँपालिका-१ रैसली बस्ने २० वर्षीय राजु तामाङ र जयपृथ्वी नगरपालिका चैनपुर बस्ने जाजरकोट घर भएका ४० वर्षीय खडक पुनको सोही ठाउँस्थित भिरबाट लडेर आइतबार राति मृत्यु भएको छ ।

National Life

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

ईटहरी उपमहानगरपालिका-१० पुरानो टास्फोटस्थित सडकमा को.१३ प ५७८२ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही उपमहानगरपालिका-१२ बस्ने ५५ वर्षीय सहदेव ठाकुरको सोमबार मृत्यु भएको छ । शनिबार साँझ उक्त मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको सामुदायिक हस्पिटल हुँदै बिराटनगर न्यूरो हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

 कैलाली, लम्कीचुहा नगरपालिका-३ खैरेनीस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुषको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको टिकापुर अस्पताल कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

 

यसैगरी कैलाली, टिकापुर नगरपालिका-५ मौरनियास्थित से.७ प १३४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ६१ वर्षीय राजु चन्दको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको टिकापुर अस्पताल हुँदै थप उपचारको लागि कोहलपुर बाँकेतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४५ वर्षीय अनिल जोशीको  भेरी अंचल अस्पतालमा उपचार भइरहेको छ ।

 

झापा, मेचीनगर नगरपालिका-७ स्थित सडकमा डब्लुबी ३७ बी ३३२४ भारतीय नम्बरको ट्रकको ठक्करबाट साईकलयात्री मेचीनगर नगरपालिका-८ जोर सिमल बस्ने ३० वर्षीय मनोज मेचेको सोमबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

मृत अवस्थामा फेला

कैलाली लम्कीचुहा नगरपालिका-३ स्थित कर्णाली नदीको किनारमा चितवन भरतपुर महानगरपालिका-१९ बस्ने २३ वर्षीय अशोक घिमिरे सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया