• २५ भदौ २०८३, बिहीबार
  • ८ः४६ राती

फोटन पिकअपका लागि एस्योर्ड बाइब्याक स्किम

प्रकाशित मिति

२०७८ बैशाख ५ गते, आईतवार ०१:१०

काठमाडौं: नेपालका लागि फोटन मोटरको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेहिकल प्रालिले पिकअप सेग्मेन्टमै पहिलोपटक आफ्नो फोटन टुनल्यान्ड ईका लागि ‘एस्योर्ड बाइब्याक’ स्किम ल्याएको छ ।

National Life

नेपालमा टुनल्यान्ड पिकअपको अत्यधिक सफलतापछि ग्राहकको विश्वास अझ बढाउनका लागि ल्याइएको यो योजनाअन्तर्गत टुनल्यान्ड ई पिकअप बिक्री भएको पाँच वर्षपछि एमएडब्लु वृद्धि आफैंले निश्चित मूल्यमा किन्‍नेछ। नेपालमा फोटनका उत्पादनको विश्वसनीयताको

परीक्षण सन् २०१९ देखि हुँदै आएको छ। ती उत्पादनको प्रदर्शन सन्तोषजनक भएपछि एमएडब्लु वृद्धिले यस्तो विशेष योजना ल्याएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

फोटन पिकअपको उच्च विश्वसनीयताले रिसेल बजारमा पनि यसको भ्यालु राम्रो रहने जनाइएको छ। ‘हाम्रा उत्पादनमाथि हाम्रो विश्वासकै कारण हामीले हाम्रो ब्रान्डलाई अँगाल्न यो अभूतपूर्व योजना ल्याएका हौं । हामीलाई विश्वास छ, आउँदा वर्षहरूमा हाम्रो पिकअपको भ्यालु

उच्च रहनेछ। यसलाई विश्वस्त तुल्याउन हामीले बाइब्याग स्किम ल्याएका हौं,’ एमएडब्लु वृद्धिका सेल्स हेड नविन आचार्यले भने।

यससँग एमएडब्लु वृद्धिले एक्सचेन्ज बोनसका रूपमा तीन लाख रूपैयाँ, अनलिमिटेड फ्रि रोडसाइड असिस्ट्यान्स र पाँच वर्षसम्म विस्तार गर्न सकिने निःशुल्क सर्भिसिङकोसमेत घोषणा गरेको छ।

प्रतिकृया