• २६ भदौ २०८३, शुक्रबार
  • ८ः२७ बिहान

आइपीएल क्रिकेटमा  रोयल्सले पहिलो जित

प्रकाशित मिति

२०७८ बैशाख ३ गते, शुक्रबार ०१:३८

काठमाडौँ : आइपीएल क्रिकेटमा राजस्थान रोयल्सले पहिलो जित निकालेको छ ।

National Life

विहीबार भएको खेलमा राजस्थानले दिल्ली क्यापिटल्सलाई ३ विकेटले  हराएर जितेको हो।

जितका लागि दिल्लीबाट पाएको १४८ रनको लक्ष्य राजस्थानले ७ विकेट गुमाएर २ बल बाँकी छँदै भेट्टायो । उसका लागि डेभिड मिलरले ६२ रन बनाए भने क्रिस मोरिसले ३६ रन बनाए ।

Classic Tech Mobile
Classic Tech Desktop

दिल्लीका अभेस खानले तीन तथा कागिसो रबाडाले दुई विकेट लिएपनि टिमको हार टार्न सकेनन् ।

त्यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४७ रन बनाएको थियो । उसका लागि कप्तान रिषभ पन्तले ५१ रन बनाए ।

राजस्थानका जयदेव उनादकान्तले ३ विकेट लिए । दिल्ली पहिलो खेलमा विजयी भएपनि दोस्रो खेलमा पराजित भयो । पहिलो जित निकालेको राजस्थान २ अंकसहित पाँचौ स्थानमा छ । दिल्ली चौथो स्थानमा छ । दुई खेलबाट ४ अंक जोडेको बेंगलोर शीर्ष स्थानमा छ । आज भने पञ्जाब र चेन्नेई खेल्दैछन् ।

प्रतिकृया