• 8:31 pm

श्रम ऐन लागू नहुँदा मजदुर आन्दोलित

प्रकाशित मिति

२०७८ बैशाख ३ गते, शुक्रबार ०१:२३

सर्लाहीको सागरनाथ वन विकास परियोजनामा दैनिक ज्यालामजदुरीमा कार्यरत मजदुर आन्दोलित भएका छन् ।

पटकपटक लिखित जानकारी गराउँदा पनि श्रम ऐन लागू नगर्दा बिहीबार कार्यालयको मुख्य गेटमा आन्दोलित भएका हुन् ।

श्रम ऐन कार्यान्वयनको माग गर्दै उनीहरू कार्यालयको मुख्य गेटमा धर्नामा बसेका छन् ।

कार्यालयको मुख्य गेटमै मजदुरहरू धर्नामा बसेपछि काम प्रभावित बनेको छ । श्रम ऐन लागू गर्न पटकपटक लिखित जानकारी गराउँदा पनि माग सम्बोधन नभएकाले आन्दोलनमा उत्रिनुपरेको परियोजनाका मजदुर युनियन अध्यक्ष सन्तोष साहले जानकारी दिएका छन्  ।

उक्त परियोजनामा १ सय ३६ जनाले ज्यालादारीमा काम गरिरहेका छन् । ‘लामो समयदेखि काम गर्दा पनि न नियुक्ति पत्र छ, न त श्रम ऐनअनुसार सेवा सुविधा नै पाइएको छ,’ साहले भने ।

साहका अनुसनर आठ घण्टा काम गर्नुपर्नेमा बढी लगाइएता पनि त्यसअनुसारको सुविधा पाइएको पनि छैन, पटकपटक मागबारेमा ध्यानाकर्षण गराएकोमा सम्बोधन नभएकाले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको हो  ।

प्रतिकृया