• २२ भदौ २०८३, सोमबार
  • १ः२१ राती

लागुऔषध ओसारपसारमा बालकको प्रयोग, नाइके भारतीय नागरिक पक्राउ

प्रकाशित मिति

२०७७ चैत्र १५ गते, आईतवार ०४:२०

विराटनगर  विराटनगर महानगरपालिका–१८ को भेडियारीमा भारतबाट नेपाल प्रवेश गरेका ११ र १३ वर्षीय दुई बालकलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता मानबहादुर राईले लागुऔषध कारोबारमा बालकलाई प्रयोग गरिरहेका एक भारतीय नागरिकलाई पनि पक्राउ गरेको जानकारी दिए।

National Life

भारत बिहारको अरिरियास्थित बैजनाथपुरका २३ वर्षीय दिलीपकुमार साहले लागुऔषध कारोबारमा बालबालिकालाई प्रयोग गरेको देखिएको उनको भनाइ छ। प्रहरीका अनुसार बालकहरू शंकास्पद अवस्थामा जाली झोला बोकेर विराटनगर प्रवेश गरेपछि नियन्त्रणमा लिएर खानतलासी गर्दा झोलाबाट लागुऔषध बरामद भएको हो। प्रवक्ता राईले बालकहरूले बोकेको जाली झोलाबाट डाइजेपाम, फेनारगन र नुफिन गरेर ५ सय ७० एम्पुल लागुऔषध बरामद भएको बताए।

नियन्त्रणमा आएका बालकले दिएको सूचनाका अनुसार प्रहरीले विराटनगर प्रवेश गरेका मुख्य कारोबारी साहलाई पनि पक्राउ गरेको हो। आर्थिक प्रलोभन दिएर साहले बालकलाई सामान विराटनगर पुर्‍याउन अह्राएको खुलेको छ। पक्राउ परेका तीन जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउन प्रहरीले आइतबार अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान थालेको छ।

Classic Tech Desktop

प्रतिकृया