• 10:43 pm

शे–फोक्सुण्डो ताल क्षेत्रमा निःशुल्क इन्टरनेट जडान

प्रकाशित मिति

२०७७ चैत्र ९ गते, सोमबार १२:४१

शे–फोक्सुण्डो गाउँपालिका–८ मा पर्ने शे–फोक्सुण्डो ताल क्षेत्रमा निशुल्क इन्टरनेट सेवा जडान गरिएको छ ।

निजी इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिङ्कले निःशुल्क इन्टरनेट सेवा जडान गरेको हो ।

सुन्दर पर्यटकीय गन्तव्य भएर पनि फोक्सुण्डो ताल ओझेलमा परेकाले थोरै भए पनि प्रसार–प्रसार होस् भन्ने हेतुले ताल नजिकै निःशुल्क इन्टरनेट सेवा जडान गरिएको वल्र्ड लिङ्कले जनाएको छ ।

इन्टरनेट प्रयोग गर्ने व्यक्तिले एक दिनमा निःशुल्क ५०० एमबी प्रयोग गर्नसक्ने कम्पनीका प्राविधिक उमाकान्त क्षेत्रीले जानकारी दिए ।

प्रतिकृया