• 2:04 pm

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक अब काठमाण्डौँमा पनि, एकै दिन ५ शाखाको उद्घाटन

प्रकाशित मिति

२०७७ चैत्र ९ गते, सोमबार १२:११

काठमाडौं : शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आफ्नो सेवा काठमाडौंमा विस्तार गरेको छ । बैंकले काठमाडौंको ५ ठाउँमा एकै साथ शाखा विस्तारै गर्दै थप सेवा प्रदान गर्ने भएको हो ।

बैंकले चैत ८ गते देखि काठमाडौंको नयाँ बानेश्वर, न्यूरोड,कलंकी, गोंगबु र महाराजगञ्जमा एकैदिन नयाँ शाखा उद्घाटन गरेको छ ।वित्तीय पहुँच र ग्रामिण बैंकिङलाई उच्च प्राथमिकतामा राखेर बैंकले अब क्षेत्रलाई संघिय राजधानी काठमाडौंसँग आर्थिक कारोबारमा जोड्ने बताएको छ ।

वि.स. २०६५ साल फागुन ११ गते बाट ३ जिल्ला कार्यक्षेत्र  बनाई स्थापना भएको यो बैकंले  शाइन डेभलपमेन्ट बैंकको रुपमा बैंकिङ्ग कारोबार शुरू गरेको थियो । त्यसपछि २०६९ चैत ४ गते गुल्मी जिल्लामा रहेको रेसुङ्गा विकास बैंकसँग मर्जर गरेर शाइन रेसुङ्गा विकास बैंक नामको नामबाट बैंकिङ्ग सेवा दिएको थियो ।

२०७३ साल जेठ २९ गते प्युठान जिल्ला कार्यक्षेत्र भएको गौमुखी विकास बैंकलाई मर्जर गरी व्यवसायिक क्षमता विस्तार गर्दै ग्राहकलाई थप सेवा दिँदै आएको छ ।

विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने ६५ जना संस्थापकको ६ करोड चुक्ता पुँजीबाट हाल यस बैंकको ४ अर्ब पुँजी, ४ लाख बढी ग्राहक, ३३ अर्ब निक्षेप, ३१ अर्ब कर्जा, ८ सयभन्दा बढी कर्मचारी र ८० वटा शाखा सञ्जाल रहेको बैंकले जनाएको छ ।

वित्तीय पहुँच र ग्रामिण बैंकिङलाई उच्च प्राथमिकतामा राखेर बैंकिङ सेवा दिने योजना बैंकको रहेको बताएको छ ।

प्रतिकृया