• २१ भदौ २०८३, आइतबार
  • १२ः०४ दिउँसो

राष्ट्रिय कार्यकर्ता भेला सुरु, खनालले गरे अध्यक्षता

प्रकाशित मिति

२०७७ चैत्र ४ गते, बुधबार १२:२५

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता सुरु भएको छ । ११ जना स्थायी कमिटी सदस्यसहित शीर्षस्थ नेताहरुबीचको  छलफलपछि भेला सुरु भएको हो ।

National Life

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको भेला भोलिसम्म चल्ने छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले इतर पक्षलाई  पेलेर जाने रणनीति अख्तियार गरेपछि खनाल नेपाल समूहले समानान्तर गतिविधि अगाडि बढाएको छ ।

ओली पक्षले खनाल नेपाल पक्षको भेलामा सहभागी हुनेलाई कारबाहीको चेतावनी दिए पनि देशभरबाट नेता कार्यकर्ताको उल्लेख सहभागिता रहेको छ । बैठकको अध्यक्ष नेता खनालले गरेका छन् । भेलामा दस वटा समूह बनाइएको छ ।

Classic Tech Desktop

प्रतिकृया