• २१ भदौ २०८३, आइतबार
  • १ः२० दिउँसो

राष्ट्रिय वाणिज्य बैंकको व्यवसायिक कर्जाको अधिकतम प्रिमियम दर घटायो

प्रकाशित मिति

२०७७ चैत्र ४ गते, बुधबार १२:१८

काठमाण्डौ: राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले २०७७ चैत्र १ गतेबाट लागु हुने गरि  हुने गरी  सम्पुर्ण   व्यवसायिक चालुपुजीँ कर्जाको अधिकतम प्रिमियम दर ०.५० प्रतिशतले घटाएको छ ।

National Life

बैंकले नयाँ तथा पुराना ग्राहकहरुको लागि व्यवसायिक कर्जामा रहेको ३.२५ प्रतिशत अधिकतम प्रिमियम दर घटाई २.७ प्रतिशत मात्रै हुने गरी तोकेको हो ।

बैंकले हाइपोथिकेशन, ओभरड्राफ्ट, डिमाण्ड लोन, चालु पुजीँ जस्ता व्यवसायिक
कर्जा प्रवाह गरिरहेको छ । बैंकले निक्षेपमा दिने ब्याजदर बृद्धि गरेको छ । बैंकको
७७ वटै जिल्लामा २४७  वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

Classic Tech Desktop

प्रतिकृया