• १२ असोज २०८३, सोमबार
  • ४ः५१ बिहान

महानगरभित्रका अनुचित व्यापारिक क्रियाकलापका विरुद्ध उजुरी गर्नुस् उपमेयर खड्गी

प्रकाशित मिति

२०७७ चैत्र २ गते, सोमबार ०३:२७

काठमाडौ: काठमाडौँ महानगरपालिकाले महानगरभित्रका अनुचित व्यापारिक क्रियाकलापका विरुद्ध उजुरी गर्न उपभोक्तालाई आग्रह गरेको छ।

National Life

सोमबार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले बजारमा खाद्यपद्धार्थको मिसावटलाई नियन्त्रण गर्न र स्वास्थ्यमा हानी पुर्‍याउने वस्तुको विक्रि वितरणलाई नियन्त्रण गर्नका लागि अनुचित व्यापारिक क्रियाकलापका विरुद्ध उजुरी गर्न आग्रह गरेकी हुन्।

उनले महानगरपालिकाले सक्रिय रुपमा बजार अनुगमन गरिरहेको पनि बताइन्। बजारलाई गुणस्तरीय र स्वच्छ बनाउनको लागि स्थायी ल्याव सञ्चालनको तयारीमा रहेको पनि जानकारी दिइन्।

Classic Tech Mobile
Classic Tech Desktop

उनले भनिन्, ‘महानगरको बजारबाट, बजारलाई गुणस्तरीय, स्वच्छ र प्रतिस्पर्धात्मक बनाउने हेतुले मोवाइल ल्याव, भ्यान र एउटा स्थायी ल्याव सञ्चालनको अन्तिम तयारीमा रहेको छ। र बजारमा देखिने खाद्य पद्धार्थको मिसावटलाई नियन्त्रण गर्न र आम उपभोक्ताको स्वास्थ्यलाई हानी पुर्‍याउने किसिमका वस्तु तथा सेवाको विक्रि वितरणलाई नियन्त्रण गर्न अनुचित व्यापारिक क्रियाकलापका विरुद्ध उजुरी गरेर महानगरपालिकालाई सहयोग गर्न पनि सबैमा आग्रह गर्न चाहन्छु।’

उपमेयर खड्गीले आफ्नो व्यवसायले कानुनी प्रक्रिया पूरा गरे(नगरेकोमा समेत सचेत हुन ध्यानाकर्षण गराइन्।गुणस्तरीय सामान उत्पादनमा उत्पादकको मात्रै भूमिका नहुने भन्दै उनले ढुवानी, भण्डारण, विक्रि वितरणमा जोडिएका सबै पक्ष र उपभोक्ताहरु पनि सचेत र जिम्मेवार हुनुपर्ने बताइन्।

प्रतिकृया