ग्रामी अवार्डमा अमेरिकी संगीतकर्मी बियोन्सेको नयाँ कीर्तिमान
प्रकाशित मिति
२०७७ चैत्र २ गते, सोमबार ०३:२९
न्यूयोर्क : अमेरिकी संगीतकर्मी बियोन्सेले ग्रामी अवार्डमा नयाँ कीर्तिमान बनाएकी छन् । कुल २८ ग्रामी अवार्ड जितेर उनी इतिहासमै सबैभन्दा धेरै ग्रामी अवार्ड जित्ने महिला बनेकी छन् । यसअघि यो कीर्तिमान ब्लुग्रासकी गायिका एलिसन क्राउसको नाममा थियो । नेपाली समय अनुसार सोमबार बिहान भएको सन् २०२१ को ग्रामी अवार्डमा उनले ‘बेस्ट आर एण्ड बी पर्फमेन्स’ अवार्ड पाइन् ।
गायिका टेलर स्वीफ्टले पनि सोमबार बिहानको अवार्ड समारोहमा कीर्तिमान बनाइन् । उनी ग्रामी इतिहासमा तीनपटक ‘अल्बम अफ द इअर’ अवार्ड जित्ने पहिलो महिला संगीतकर्मी बनेकी छन् । स्वीफ्टले कोरोना भाइरसको महामारीका कारण भएको लकडाउनको क्रममा सार्वजनिक गरेको फोकलोर अल्बमका लागि अवार्ड जितेकी हुन् । यसअघि उनले सन् २०१० मा फियरलेस र २०१६ मा पप अप्स १९८९ का लागि अवार्ड जितेकी थिइन् ।
स्वीफ्ट बाहेक मात्रै तीन कलाकार फ्र्याका सिनाट्रा, पल सिमो र स्टीभी वण्डरले मात्रै तीनपटक अल्बम अफ द इअर अवार्ड जितेका छन् ।२०२१ को ग्रामीमा बिली आइलिशले एभरिथिङ् आइ वान्टेडका लागि रेकर्ड अफ द इअर, एच।इ।आरले आइ कान्ट ब्रिथका लागि सङ्ग अफ द इअर तथा मेगन थी स्टालियोनले बेस्ट न्यू आर्टिस्टको अवार्ड पाएका छन् । आइ कान्ट बिर्थ, प्रहरीको ज्यादतीका कारण गएको वर्ष ज्यान गुमाएका अश्वेत अमेरिकी जर्ज फ्लोइडको स्मृतिमा सिर्जना गरिएको गीत हो ।
यस्तै ह्यारी स्टाइलले वाटरमेलन सुगरका लागि बेस्ट पप सोलो पर्फमेन्स, लेडी गागा र आरियाना ग्राण्डेले रेन अन मी का लागि बेस्ट पप डूओरग्रूप पर्फमेन्स, दुआ लिपाले फ्युचर नोस्टाजियाका लागि बेस्ट पप भोकल अल्बम तथा थन्डरक्याटले इट इज ह्वाट इट इज का लागि बेस्ट प्रोग्रेसिभ आर एण्ड बी अल्बम अवार्ड जिते । यस्तै मेगन थी स्टालिन र बियोन्सेले स्याभेज रिमिक्स का लागि बेस्ट र्याप सङ, नासले किङ्गस डिजिजका लागि बेस्ट र्याप अल्बम, एन्डरसन पाकले लकडाउनका लागि बेस्ट मेलोडिक र्याप पर्फमेन्स, क्याट्रान्डा र काली उचिसले १० प्रतिशतका लागि बेस्ट डान्स रेकर्डिङ्ग तथा क्याट्रान्डाले बुबाका लागि बेस्ट डान्सरइलेक्ट्रिक अल्बम अवार्ड पाए ।








प्रतिकृया