• १२ असोज २०८३, सोमबार
  • ६ः३२ बिहान

यसवर्षको क्‍यान इन्फोटेक वैशाख २८ गते

प्रकाशित मिति

२०७७ चैत्र २ गते, सोमबार ०२:४७

काठमाडौ- सूचना प्रविधिको पहुँच व्यापक भए पनि प्रविधिको दुरुपयोग बढेको भन्दै यसको प्रभावकारी नियमन गरिनुपर्ने आवश्यकता यस क्षेत्रका विज्ञले औँल्याएका छन्।

National Life

आधुनिक युगमा प्रविधिको उच्चतम विकास र विस्तारले शहरदेखि दूरदराजमा प्रविधिको पहुँच बढेकाले प्रविधिको सहीरूपमा सदुपयोग भएको छ की छैन भनेर प्रभावकारी अनुगमन र नियमन हुनुपर्ने उनीहरुले जोड दिएका हुन।

 

Classic Tech Mobile
Classic Tech Desktop

कम्प्युटर एशोसिएशन अफ नेपाल महासङ्घ क्यानले आइतबार आयोजना गरेको ‘मिडियामा सूचना प्रविधिको प्रयोग’विषयक अन्तरक्रियामा वरिष्ठ पत्रकार प्रतीक प्रधानले सूचना प्रविधिको पहुँच र प्रयोग बढ्दो रहनु सकारात्मक भए पनि यसबाट सिर्जना भएका कतिपय नकारात्मक गतिविधिलाई नियन्त्रण गरी प्रविधिको सही सदुपयोगका लागि ध्यान दिन जरुरी भएको बताए।

‘सूचना प्रविधिको पहुँच र प्रयोग तीव्ररूपमा बढेको छ । समाचार पत्र र सञ्चारगृह आफैँमा द्विविधामा छन् कुन विषयवस्तु कसरी दिने भनेर । सूचना सम्प्रेषणमा प्रविधिले राम्रो कुरा ल्याएको छ, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता स्थापित गर्न पनि धेरैहदसम्म भूमिका खेलेको छ, प्रविधिसँगै आएका खराब पक्षलाई मिडिया, पाठक र समाजले पनि प्राथमिकता निर्धारण गर्न अपरिहार्य छ’, उनले भने। पत्रकार प्रधानले पत्रकारले सूचना, मनोरञ्जन र अत्याचारलाई छुट्टयाएर पत्रकारितालाई जिम्मेवार बनाउन जरुरी भएको उल्लेख गरे।

कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सूचना प्रविधिको नियमन गर्ने फरकफरक निकाय भएकाले इन्टरनेट नियमन गर्न समस्या आएको बताए। उनले मिडियामा समावेश हुने विषयवस्तुलाई पनि जवाफदेही र जिम्मेवारी बनाउन अधिकार पाएको खण्डमा नियमन गर्न प्राधिकरण तयार रहेको बताए।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले इन्टरनेट नियमन गर्ने कि इन्टरनेटभित्रका विषयवस्तु प्रशोधन गर्ने भन्ने द्विविधा बढेको भन्दै सूचना प्रविधि क्षेत्रलाई सहज ढङ्गले अघि बढाइनुपर्नेमा जोड दिए। उनले कनेक्टिभिटी सहज हुँदाहुँदै पनि दुरुपयोग बढेको र यसबाट अपराध, आत्महत्याजस्ता गतिविधि बढेको बताए।

 

उनले भने, ‘हामीले जसरी कनेक्टिभिटीलाई लैजाँदैछौँ यसको कन्टेन्ट पनि निर्धारण र प्राथमिकीकरण गर्न जरुरी छ । देशका कुना गाउँसम्म प्रविधिको पहुँच पुगे पनि यसको सदुपयोग भएको छ कि छैन भनेर प्रभावकारी अनुगमन गर्न जरुरी छ।’

यस्तै कम्प्युटर एशोसिएशन अफ नेपाल ९क्यान० महासंघले यो वर्षको ‘क्यान इन्फोटेक २०२१’ आगामी२०७८ साल बैशाख २८ गतेदेखि जेठ २ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्दैछ।

नेपालमा सूचना, प्रविधि र मनोरञ्जनसम्बन्धि वार्षिक रुपमाआयोजना हुने प्रदर्शनी तथा सम्मेलन मुलुककै ठूलो प्रदर्शनी कोयो २७औं संस्करण हो जुन ६दिनसम्म चल्नेछ।

६५५ स्थानीय तहमा फोरजी सेवा

नेपाल टेलिकमले चौथो पुस्ताको द्रुत गतिको इन्टरनेट ‘फोरजी’ सेवा देशका ६५५ स्थानीय तहमा पुगिसकेको जनाएको छ।

राज्य र व्यक्तिको सुरक्षासँग पनि कनेक्टिभिटी जोडिएकाले यसको सहज र सही प्रयोगका लागि जनमानसमा सचेतना फैलाउन जरुरी भएको प्रबन्ध निर्देशक अधिकारीले उनले उल्लेख गरे।

क्यान महासङ्का अध्यक्ष नवराज कुँवरले सरकारले अघि सारेको डिजिटल नेपाल फ्रेमवर्कलाई सूचना प्रविधिको ‘गेमचेन्जर’मानेर सूचना प्रविधिको पूर्वाधार विकास तथा प्रभावकारी कार्यान्वयनतर्फ अघि बढ्नुपर्नेमा जोड दिए।

प्रतिकृया