• ४ साउन २०८३, सोमबार
  • १०:२७ बेलुका

आठ हजार ज्येष्ठ नागरिकलाई खोप

प्रकाशित मिति

२०७७ फाल्गुन २८ गते, शुक्रबार ०९:५१

दमौली: चार दिनका अवधिमा आठ हजार बढी ज्येष्ठ नागरिकले कोभिड विरुद्धको खोप लगाएका छन् । फागुन २३ गतेबाट शुरु अभियान अन्तर्गत बुधबारसम्म पाँच पालिकाका आठ हजार ४५ ज्येष्ठ नागरिकले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

फागुन २३ गतेदेखि २७ गतेसम्म व्यास नगरपालिका, भानु नगरपालिका, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा खोप अभियान सञ्चालन भइरहेको छ ।

Kamana Sewa

व्यास नगरपालिकाका दुई हजार सात सय ९९, भानु नगरपालिकाका दुई हजार तीन सय ९४, देवघाट गाउँपालिकाका एक हजार ७२, आँबुखैरेनी गाउँपालिकाका आठ सय ७७ र बन्दीपुर गाउँपालिकाका नौ सय तीन ज्येष्ठ नागरिकलाई खोप लगाइएको कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए ।रासस

Classic Tech Desktop

प्रतिकृया