• २८ भदौ २०८३, आइतबार
  • १ः०१ दिउँसो

कर्णालीका दुई स्थानमा मोबाइल अस्पतालको तयारी

प्रकाशित मिति

२०७७ फाल्गुन २८ गते, शुक्रबार १०:०६

सुर्खेत : कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले कर्णालीका मुख्य दुई स्थानमा मोबाइल अस्पताल सञ्चालन गर्ने योजना बनाएको छ । निर्देशनालयले कर्णाली राजमार्ग र छिञ्चु–जाजरकोट डोल्पा सडकखण्डमा मोबाइल अस्पताल सञ्चालन गर्न लागेको हो ।

National Life

एउटा गाडीमा एक्सरे, ल्याब, औषधी लगायतका सामग्री हुनेछन् भने एक जना डाक्टरको नेतृत्वमा स्वास्थ्यकर्मीहरुको टोली हुनेछ । जुन राजमार्गमा निरन्तर ओहोर दोहोर गरिरहनेछ । यसैलाई मोबाइल अस्पताल भनिएको छ । मोबाइल अस्पतालमा एक जना डाक्टर एक जना नर्स र एक जना सहयोगीको टिम रहने बताइएको छ ।

‘सडक दुर्घटनाका घाइते, राजमार्ग आसपासका बस्ती र स्वास्थ्य संस्थाहरूबाट रिफर गरिएका विरामीको ज्यान जोगाउनका लागि मोबाइल अस्पताल उपयोगी हुने देखिन्छ,’ प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा। रविन खड्काले भने । मोबाइल अस्पतालको लागि चालु आर्थिक बर्षमा कर्णालको सामाजिक विकास मन्त्रालयले १ करोड ५० लाख बजेट समेत विनियोजन गरिएको छ । अहिले गाडी खरिदका लागि बोलपत्र आह्वान गर्ने तयारीमा रहेको निर्देशक खड्काले जनाए ।

Classic Tech Mobile
Classic Tech Desktop

‘उक्त, बजेटबाट दुई वटा ट्रक खरिदगरी त्यसमा अस्पतालको सेटिङ गरिने छ,’ उनले भने, ‘मोबाइल अस्पतालका लागि इन्जिनियरलाई डिजाइन तयार गर्न लगाइसकिएको छ ।’ एउटा ठूलो ट्रकमा चार वटा कोठा हुने र त्यसभित्रै ल्याब, विरामी जाँच्ने बेड, शौचालय रहनेछन् । दुई वटा मोबाइल अस्पताल मध्य एउटा कर्णाली प्रदेश अस्पताल र अर्को कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट सञ्चालन गर्ने निर्देशनालयको योजना छ ।

कर्णाली राजमार्ग र छिञ्चु जाजरकोट डोल्पा सडकमा दुई वटा छुट्टा छ्ट्टै मोबाइल अस्पताल सञ्चालन गरिने छ । भौगोलिक विकटताका कारण कर्णालीमा स्वास्थ्य संस्था टाढा–टाढा छन् । दुर्घटनामा परेर भन्दा समयमै उपचार नपाएर ज्यान गुमाउने अवस्था छ । टाढाका अस्पताल पु७थभलसयाउनजेल सामान्य उपचार नपाएर बिरामीको ज्यानै जाने गरेको छ । त्यसैलाई मध्यनजर गरी मोबाइल अस्पतालबाट तत्कालै सेवा दिने योजना निर्देशनालयको रहेको छ ।

कुन समयमा मोबाइल अस्पताल कुन स्थानमा छ भन्ने थाहा पाउनका लागि गाडीमा जिपिएस प्रविधि जडान गरिने छ । त्यसकै आधारमा नजिकका स्वास्थ्यकर्मीहरुले मोबाइल अस्पताललाई बोलाउने वा बिरामीलाई त्यहाँ पठाउने छन् । अहिले राजमार्गमा हुने दुर्घटना र स्वास्थ्य संस्थाबाट रिफर गरिएका बिरामीहरुले समयमै उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था रहेको छ,’ निर्देशक खड्का भन्छन्, ‘राजमार्गमा घुमिरहने मोबाइल अस्पताल भयो भने विरामीको ज्यान जोगाउन सकिन्छ ।’ उनका अनुसार कर्णालीमा सञ्चालनमा रहेका एम्बुलेन्सहरूमा पनि जिपिएस प्रविधि जडान गरिनेछ । विरामी र उनीहरुका आफन्तलाई आफ्नो नजिक कुन एम्बुलेन्स छ भन्ने थाहा पाउनका लागि जिपिएस जडान गर्ने योजना निर्देशनालयको छ ।

प्रतिकृया