• ९ असोज २०८३, शुक्रबार
  • ५ः१५ बेलुका

निर्वाचनका लागि तयार रहन शिक्षामन्त्रीको निर्देशन

प्रकाशित मिति

२०७७ फाल्गुन २६ गते, बुधबार ०८:१४

काठमाडौं: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मतपत्र छपाइका लागि मेसिन तयारी हालतमा राख्न निर्देशन दिएका छन् । जनक शिक्षा सामग्री संस्थान लिमिटेडको निरीक्षण भ्रमणका क्रममा उनले केन्द्रका अधिकारीलाई सो निर्देशन दिएका हुन् ।‘

National Life

अब निर्वाचन गर्ने समय आएको छ, तपाईहरु तयारी रहनुस्’, मन्त्रालयका सचिव एवं केन्द्रका अध्यक्ष रामप्रसाद थपलिया, केन्द्रका प्रबन्ध सञ्चालक अनिल झालगायत पदाधिकारीलाई निर्देशन दिने क्रममा भने– ‘सबै मेसिन दुरुस्त राख्नुस् । सरकारले निर्वाचन आयोगलाई निर्देशन दिन्छ । आयोगले जनकलाई निर्देशन दिएलगत्तै खुरुखुरु छपाइ गर्न थाल्नुपर्छ ।’

निर्वाचन आयोगमा रहेका मेसिनहरु पनि तत्काल ल्याउने व्यवस्था मिलाउनसमेत उनको निर्देशन रहेको छ । यसअघि सरकारले वैशाख १७ र २७ गर्ने निर्वाचन तयारी गर्दा आयोगका प्रमुख निर्वाचन आयुक्तसहितको टोली केन्द्रमा पुगेर निर्देशन दिएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

मन्त्री श्रेष्ठले नजिकिँदै गएको शैक्षिकसत्रका लागि समयमै पाठ्यपुस्तक छपाइ गरी सम्बन्धित क्षेत्रमा पु¥याउनसमेत निर्देशन दिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

प्रतिकृया