• ११ असोज २०८३, आइतबार
  • ३ः३८ राती

मेलम्चीको पानी चौबिसै घण्टा, वितरणको तयारी पूरा

प्रकाशित मिति

२०७७ फाल्गुन २६ गते, बुधबार ०८:०९

काठमाडौं: धारामा चौबिसै घण्टा पानी रहने गरी मेलम्चीको पानी वितरण गरिने लक्ष्य आयोजनाको रहेको मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । कार्यालयका निर्देशक श्रेष्ठका अनुसार जुन बेला पनि धारामा पानी आउने गरी प्रणालीको विकास गरिएको छ ।

National Life

त्यसैअनुसार पाइपमा पानी पठाइने छ । उनले भने, ‘‘तर केही वर्षयता उपत्यकावासीमा कम पानी प्रयोग गर्ने बानीको विकास भइसकेको अहिलेको अवस्थामा पाइपलाइनमा प्रवाह गरिएको पानी फिर्ता हुने, ‘ओभर फ्लो’ हुने, पानीको चापले पाइप फुट्ने, भल्ब चेम्बरबाट पानी निस्कनेजस्ता समस्या आएको खण्डमा तालिका अनुसार पानी वितरण गरिनेछ ।’’

काठमाडौँ उपत्यकामा खानेपानी वितरणका लागि सन् १९७२ देखि पानीका सम्भाव्य स्रोतको पहिचानका लागि अध्ययन कार्य थालिएकोमा सन् १९८४ मा भएको अध्ययनले उपत्यकामा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि मेलम्ची, याङ्ग्री र लार्के नै भनी निष्कर्षसहित निर्माण प्रक्रिया अगाडि बढाइएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

श्रेष्ठले सुन्दरीजल प्रशोधन केन्द्रबाट आएको पानी वितरणका लागि सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए। उनले भने ‘‘मेलम्चीको पानी वितरणका लागि अहिलेसम्म कुल एक हजार १२५ किलोमिटरमा नयाँ वितरण प्रणालीको विकास गरिएको छ । त्यस प्रणालीमध्ये दुई सय किलोमिटरको परीक्षण कार्य सम्पन्न भई पानी वितरण गर्न तयारी अवस्थामा रहेको छ ।’

पहिलो चरणअन्तर्गत नरेफाँटसहित काठमाडौँ र ललितपुरका चक्रपथभित्रका एक लाख दस हजार घरधुरीलाई पानी वितरण गर्ने कार्यक्रम आयोजनाको छ । दोस्रो चरणअन्तर्गत भक्तपुरसहित काठमाडौँ र ललितपुरको चक्रपथ बाहिरको क्षेत्रमा मेलम्चीको पानी वितरण गर्ने कार्यक्रम रहेको निर्देशक श्रेष्ठले बताए ।

आयोजनाको पहिलो चरणअन्तर्गत एक हजार १५० किलोमिटरमा पाइप बिछ्याउने काम सम्पन्न भइसकेको गोरखापत्र दैनिकबाट

प्रतिकृया