• ३० भदौ २०८३, मंगलबार
  • ८ः४२ राती

सरकारले संघीय शिक्षा ऐन ल्याउने : शिक्षामन्त्री श्रेष्ठ

प्रकाशित मिति

२०७७ फाल्गुन २४ गते, सोमबार ०५:१४

काठमाडौँ:शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले संघीय शिक्षा ऐन ल्याउने तयारी थालेको बताएका छन्। बिसं २०२८ सालको शिक्षा ऐनले शिक्षा क्षेत्रमा देखिएको सबै विषय समेट्न नसकेको उल्लेख गर्दै सबै विषय समेट्नेगरी संघीय शिक्षा ऐनको तयारी भइरहेको बताएका हुन्।

National Life

उनले जनताका छोराछोरीलाई सरकारी विद्यालयमा पढ्ने वातावरण सिर्जना गर्न गुणस्तरीय शिक्षा आवश्यक रहेको उल्लेख गर्दै त्यसको लागि सरकारी विद्यालयको सुधार आवश्यक रहेको बताए। मन्त्री श्रेष्ठले सरकारको पहिलो प्राथमिकता गुणस्तरीय शिक्षा नै भएको स्पष्ट पारे।

२०७२ सालको भुकम्पबाट क्षतिग्रस्त विद्यालय पुनः निर्माणमा भारत सरकारको सहयोग महत्वपुर्ण रहेको चर्चा गर्दै उनले यसले गर्दा दुई देशबीचको सम्बन्ध मजबुत भएको बताए। उनले भने, ‘भारताले करिब ७० विद्यालय पुननिर्माण गरीरहेका छन् २८ आंगिक क्याम्पस बनाउने तयारी गरेको छ। यस्को लागि नेपाल सरकारको तर्फबाट आभार व्यक्त गर्दछु ।’

Classic Tech Mobile
Classic Tech Desktop

उनले शिक्षकको पद र पेशालाई सम्मान गर्ने दायित्व सरकारको भएको बताए। उनले अभिभावकले विदेशमा सरकारी व्द्यिालयलाई पहिलो प्राथमिकता दिने गरेको उल्लेख गर्दै अब नेपालमा पनि सरकारी विद्यालयलाई व्यवस्थित बनाउनुपर्ने उल्लेख गरे।

भारत सरकारको करिब साढे ६ करोड ४८ लाख रुपैयाँ लागतमा निर्माण शुरु हुने सो विद्यालय भवन ३२ कोठे हुनेछ । ठेकेदार कम्पनीले १५ महिनामा सम्पन्न गर्नुपर्नेछ । मन्त्री श्रेष्ठले १५ नभै १३ महिनामा सम्पन्न गरी हस्तान्तरण गर्न ठेकेदार कम्पनीलाई आग्रह गरे।

चन्द्रागिरी नगरपालिका–१५ नैकापमा निर्माण हुन लागेको विष्णुदेवी माविको मन्त्री श्रेष्ठ र भारतीय दुतावासका काउन्सीलर प्रफुल्लचन्द्र शर्माले संयुक्त रुपमा उद्घाटन गरेका थिए।

प्रतिकृया