• ९ असोज २०८३, शुक्रबार
  • २ः५७ दिउँसो

मालपोतका कर्मचारी र भूमाफियाको मिलेमतोमा कित्ताकाट जारी

प्रकाशित मिति

२०७७ फाल्गुन १७ गते, सोमबार ०६:४०

काठमाडौं: सरकारले जग्गाको कित्ताकाट रोकेको छ । नापी र मालपोतका कर्मचारी र भूमाफियाको मिलेमतोमा कित्ताकाट भइरहेको छ । काठमाडौँ उपत्यकाका साथै देशभरी नै कर्मचारीले भूमाफियासँग मिलेर जग्गाको कित्ताकाट गराइरहेका छन् । सरकारले रोकेको कित्ताकाट गरिदिन्छु भन्दै घुस लिने नापीका सर्वेक्षक हरिचन्दर ठाकुर र लेखनदास अरुणकुमार यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

National Life

यो एउटा उदाहरण मात्रै हो । देशभर नै पछिल्लो समय भूमाफियाको मिलेमतोमा कित्ताकाट भइरहेको छ । कित्ताकाट रोक्दारोक्दै भूमाफिकाको मिलेमतोमा कित्ताकाट भइरहेको हुँदा सरकारले पनि केही समयअघि कित्ताकाट खोल्ने निर्णय गरेको थियो ।पछिल्लोपटक २०७७ भदौ १८ गतेका मन्त्रिस्तरीय निर्णयबाट भूमि व्यवस्था मन्त्री पद्मा कुमारी आर्यालले कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धी भएका पूर्वनिर्णयहरू बदर गरिएको ।आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया